काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । यो अवधिमा प्राइमको खूद नाफा ११ करोड ५१ लाख भएको हो, जबकि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ६१ लाखमा सीमित थियो ।

यो जीवन बिमा कम्पनीका अन्य सूचकहरुतर्फको नाफा समेत उत्साहप्रद छ । 

समीक्षा अवधिमा कम्पनीले ९३ करोड ३५ लाख खूद बिमा शुल्कतर्फ आर्जन गरेको छ । अघिल्ला वर्ष ७६ करोड ७४ लाख आम्दानी भएको थियो । 

लगानी, कर्जा तथा अन्यबाट हुने आयमा उस्तै बढोत्तरी भएको छ । यस्तो आय अघिल्लो वर्ष १३ करोड २९ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर २८ करोड ७३ लाखको उचाईमा पुुगेको छ । ४४ लाख ८५ हजार रहेको बिमालेखको धितोमा कर्जाबाट हुने आय समेत बढेर ८५ लाख ७२ हजार पुुगेको छ । 

कम्पनीको दाबी भुक्तानी भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा १५ करोड रहेको दाबी भुक्तानी घटेर ११ करोड ८१ लाखमा सीमित भएको हो । 

कम्पनीले यो अवधिमा ७७ करोड १० लाख रुपैयाँ जीवनबिमा कोषमा सारेको छ । अघिल्लो वर्ष ४९ करोड ३१ लाख यस्तो कोषमा सारेको थियो । 

कम्पनीको जगेडा तथा कोष र जीवन बिमा कोष पनि थप मजबुत भएको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ६८ करोड ८२ लाख रुपैयाँ रहेको जगेडा तथा कोष बढेर ९३ करोड ४१ लाखको उचाईमा पुुगेको छ । जीवन बिमा कोष पनि ४ अर्ब १७ करोडबाट वृद्धि भई ५ अर्ब ५७ करोडको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ४८ करोड ८१ लाख रहेको कम्पनीको चुक्तापूँजी बढेर ६१ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा प्राइमको प्रतिसेयर आम्दानी ३७.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६६.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.८२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१४.०३ पैयाँ कायम भएको छ।