काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति गरेको छ । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ७६.५४ प्रतिशतका छलाङ मार्दै कम्पनीले कमालको प्रगति गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २६ करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ४६ करोड १३ लाख नाफा कमाएको हो ।

यो अवधिमा कम्पनीले बिमाशुल्कबाट १७ करोड ९५ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ४२ लाख रुपैयाँ रहेको थियो । 

अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको कम्पनीले यो वर्ष सो शीर्षक अन्तर्गत १ करोड ७० लाख आम्दानी गरेको छ ।

लगानी, कर्जा तथा अन्यबाट हुनने आय समेत ७ करोड ८४ लाखबाट बढेर १७ करोड २१ लाखको उचाईमा पुगेको छ ।

यो अवधिमा कम्पनीले ४ करोड ६६ लाखको मात्र दाबी भुक्तानी गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको जगेडाकोषमा २ अर्ब २ करोड, बिमा कोषमा १ अर्ब ३० करोड रहेको छ ।

नाफामा कमालको फड्को मारेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७३.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८५९.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१२ गुणा कायम भएको छ ।