काठमाण्डौ । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको डिप्रोक्स लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म २६ करोड २९ लाख खूद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३६ प्रतिशतले बढी हो ।  

अघिल्लो वर्ष यही अवधिमा यो माइक्रोफाइनान्सको नाफा १९ करोड २७ लाखमा सीमित थियो । 
बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ४७ करोड रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ६० करोड ५४ लाख पुुगेको छ । 

यस्तै, अघिल्लो वर्ष यही अवधिमा २४ करोड ८२ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३५ करोड २२ लाख पुुगेको छ । 

यो अवधिमा संभावित नोक्सानी व्यवस्थाबाट ६ करोड १८ लाख फिर्ता आएको छ भने नियमित क्रियाकलापबाट मात्रै यो बैंकले ४१ करोड ३० लाख नाफा कमाएको छ । 

यो अवधिमा डिप्रोक्सले ३ अर्ब ७ करोड सापटी लिई तथा १ अर्ब ६७ करोड निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५० करोड सापटी लिई तथा १ अर्ब १६ करोड निक्षेप संकलन गरी ३ अर्ब ९२ करोड कजा परिचालन गरेको छ । 

अघिल्लो वर्ष ०.८२ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा घटेर ०.७२ प्रतिशतको अनुपातमा झरेको छ भने कस्ट अफ फण्ड ५.३१ प्रतिशतबाट बढेर ९.०८ प्रतिशतको उचाईमा पुुगेको छ । 

यो अवधिमा डिप्रोक्सको प्रतिसेयर आम्दानी ४३.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.५७ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १०००.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.५१ गुुणा कायम भएको छ । अघिल्लो वर्ष २५ करोड ७९ लाख रहेको चुक्तापूँजी बढेर ६० करोड ६१ लाख पुुगे पनि प्रतिसेयर आम्दानी ४३.३८ रुपैयाँ हुनु राम्रो संकेतको रुपमा बुुझ्न सकिन्छ ।