काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमीटेडले ११ करोड २० लाख खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १३ करोड ७४ लाख नाफा कमाएको थियो । 

बैंकले ९ करोड ७० लाख रुपैयाँ राइट ब्याक गरे पनि नाफा बढाउन नसक्नुु राम्रो संकेत होइन । 

समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ भने उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २६ करोड २५ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी बढेर ३५ करोड ६७ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले ५४ अर्ब ६४ करोड निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आबको यही अवधिमा ४० अर्ब ३५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ४१ करोड कर्जा परिचालन गरेको थियो । यसरी बैंकले निक्षेप र कर्जा परिचालनमा पनि राम्रो प्रगति गरेको देखिन्छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५० करोड रुपैयाँ रहेको रिजर्ब कोषलाई बढाएर २ अर्ब ७४ करोड पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा १.२६ प्रतिशत रहेको यस्तो कर्जा बढेर १ं.९७ प्रतिशत पुुगेको हो । 

अघिल्लो वर्ष ४.३८ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.७५ प्रतिशत पुुगेको छ भने १३.०९ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ५.१५ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.०१ गुुणा कायम भएको छ ।