काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिन्धु विकास बैंकको नाफा पनि घटेको छ । गत वर्षको यही अवधिमा १ करोड ३८ लाख रहेको बैंकको नाफा घटेर १ करोड १० लाखमा सीमित  बन्न पुगेको हो ।

बैंकले रिजर्बकोषमा छलाङ मारे पनि निक्षेप, खूद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी घटेको छ। 

गत वर्ष यही अवधिमा ४ करोड ६५ लाखमा सीमित रिजर्ब  कोष बढेर ८ करोड ७२ लाखको उचाईमा पुगेको छ । 

यो  अवधिमा बैंकले १ अर्ब ७२ करोड निक्षेप संकलन गरी १ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ अर्ब ७५ करोड निक्षेप संकलन गरी १ अर्ब ३५  करोड कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष यही अवधिमा ४ करोड ६१ लाख रहेको खूद ब्याज आम्दानी घटेर ४ करोड ५२ लाखमा सीमित बन्न पुगेको छ । 

बैंकले १.२९ प्रतिशतमा रहेको निस्क्रियकर्जालाई घटाएर ०.७८ प्रतिशतमा झार्ने सफलता पाएको छ भने १ करोड १६ लाख रहेको संचालन नाफालाई समेत बढाएर १ करोड ३४ लाख पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.९९ गुणा कायम भएको छ ।