काठमाण्डौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफा घटेको छ । अन्य महत्वपूर्ण सूचकहरु समेत ओरालो लागेको देखिएको छ । 

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा यो कम्पनीले २ करोड नाफा गरेकोमा यो वर्ष घटेर १ करोड ९२ लाखमा सीमित बन्न पुगेको हो ।

अघिल्लो वर्ष यही अवधिमा ७ करोड ३४ लाख रहेको खूद ब्याज आम्दानी बढेर १३ करोड १९ लाखको उचाईमा पुगेको छ । खर्च अत्यधिक बढेका कारण कम्पनीको संचालन नाफा समेत २ करोड ९१ लखबाट घटेर २ करोड ४९ लाखमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा यो कम्पनीले ४५ करोड ५९ लाख निक्षेप संकलन गरी तथा ५७ करोड ३२ लाख सापटी लिई १ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २८ करोड ३२ लाख निक्षेप संकलन गरी तथा १९ करोड ५८ लाख सापटी लिई ६० करोड ४३ लाख बराबरको कर्जा परिचालन गरेको थियो ।

कम्पनीले रिजर्बकोषलाई मजबुत  बनाइरहन सकेन, जसका कारण अघिल्लो वर्ष ८ करोड २२ लाख रुपैयाँ रहेको रिजर्बकोषको आकार घटी ५  करोडमा खुम्चिएको छ ।

अघिल्लो वर्ष यही अवधिमा १.८३ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर यो वर्ष १.८९ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा  यो कम्पनीको प्रतिसेयर आम्दानी २५.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.९४ गुणा कायम भएको छ ।