काठमाण्डौ । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका दिपिका प्रसाईं बहुर्राष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ भएकी छिन् ।
राजधानीमा एक कार्यक्रम गरी प्रानले नायिका दिपिका प्रसाईंलाई प्रान लिच्चीको ‘फेस अफ प्रान लिच्ची’ घोषणा गर्यो ।
अब नायिका दिपिकाले डेढ वर्षसम्म प्रान लिच्चीको प्रमोशन र विस्तारमा काम गर्नेछिन् । बहुराष्ट्रिय कम्पनी प्रानसँग जोडिन पाउँदा आफु उत्साहित भएको नायिका दिपिकाले बताइन् ।
‘प्रान जस्तो प्रतिष्ठत र बहुराष्ट्रिय कम्पनीसँग जोडिएर काम गर्न पाउँदा म धेरै खुसी छु, प्रान लिच्चीका उत्पादनहरु नेपाली बजारमा स्थापित गर्न मेरो सकारात्मक भूमिका रहनेछ ।’ उनले भनिन् । उनको बहुप्रतिक्षित फिल्म ‘छक्कापञ्जा ३’ दशैंको अवसर पारेर भोली (घटस्थापना) बाट प्रर्दशनमा आउँदैछ ।
नायिका प्रसाईले डेढ वर्षसम्म प्रानसँग जोडिएर विभिन्न विज्ञापन, फोटो सुट, म्युजिकल कार्यक्रम, सोसल मिडिया तथा सामाजिक काममा सहभागिता जनाउने छिन् ।
‘फेस अफ प्रान लिच्ची’ घोषणा कार्यक्रममा उद्यत फुड एण्ड वेभरेज (प्रान लिच्ची जुसको आधिकारिक आयातकर्ता तथा विक्रेता) का म्यानेजिङ डाइरेक्टर संगम केसीले नायिका प्रसाईसँग जोडिएर काम गर्दा प्रान लिच्चीको बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
सन् १९८१ बाट बंगलादेशमा स्थापना भएको विश्वविख्यात बहुराष्ट्रिय कम्पनी प्रानले नेपाली उपभोक्ता माझ सन् २००८ यता १०० भन्दा बढी प्रकारका गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आइरहेको छ ।
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
10 hours ago
10 hours ago