काठमाण्डौ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । 

कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि  तीन महिनासम्म कायम रहनेछ । यसरी उपलब्ध गराइएको अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । 

फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी, डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइनेछ । 

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ । उपरोक्त अफरका दरहरु करसहितका हुन् ।