काठमाण्डौ । बैकिङ पहुँच बिस्तार तथा सेवामा विविधिकरणमा आक्रामक बन्दै आएको एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटलले निःशुल्क लगानी सचेतना अभियानमा आक्रामक बन्दै गएको छ । 

लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले “लगानी सचेतना अभियान’’ संचालन गर्दै आएको हो।

सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारिक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी हुने गरेको क्यापिटलले जनाएको छ ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यका लागि लगानीले पुर्याउनसक्ने योगदानलाई आत्मसात गर्दै क्यापिटलले निस्शुल्क रुपमा सो अभियान संचालन गर्दै आएको हो ।

यो अभियानअन्तर्गत हालसम्म २० भन्दा बढी संस्थाहरुमा क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको बताइएको छ । ईच्छुक समूह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउन सम्पर्क गर्नसक्ने समेत क्यापिटलले एक विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।

लगानीकर्तालाई सही निर्णय लिन क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा पनि प्रदान गर्दै आएको छ ।