काठमाण्डौ । कोरोना संक्रमणबाट निको भएकाहरुको प्रतिरोधात्मक क्षमताले ६ महिनासम्म मात्रै काम गर्ने नयाँ तथ्य सार्वजनिक भएको छ। 

त्यसैले कोरोना संक्रमणबाट मुुक्त भएकाहरुलाई पुुनः संक्रमण हुुनसक्ने सम्भावना उच्च देखिएको वैज्ञानिकहरुले बताएका छन् । 

वैज्ञानिकहरुको यो दाबी यस्तो बेला आएको छ, जब बेलायत सरकारले इम्युुनिटी पार्सपोटका आधारमा कोरोनाबाट निको भएकाहरुलाई काममा फर्कन अनुुमति दिनसक्ने योजना बनाइरहेको छ । युुनिर्भसिटी अफ एम्सटर्डमका अनुुसन्धानकर्ताहरुले पछिल्लो ३५ वर्षको अवधिमा १० जना मानिसमा ४ अलग अलग प्रकारको कोरोनाभाइरसको परीक्षण गरेका थिए । 

द टाइम्सको रिपोर्टअनुुसार यी चारै कोरोनाभाइरस संक्रमित व्यक्तिहरुमा सामान्य रुघाखोकी जस्तै समस्या रहिरहने गर्दछ । यसका साथै संक्रमित व्यक्तिहरुमा प्रतिरोधात्मक क्षमता लामो अवधिसम्म नरहने चिन्ताजनक तथ्य पनि सार्वजनिक भएको छ । 

अनुुसन्धानकर्ताका अनुुसार १२ महिनापछि यस्ता व्यक्तिहरु लगातार संक्रमित भइरहने गर्दछन् र ६ महिनापछि उनीहरुको शरीरमा एन्टीबडिको स्तर पनि घट्ने गर्दछ । 

उता बेलायतको डाउनिङ स्ट्रिटका स्वास्थ्य सचिव म्याट ह्यानककले गत बिहीबार बेलायत सरकारले एक करोड एन्टीबडि टेस्टिङ किट बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने घोषणा गरेका थिए । उनले प्रतिरोधात्मक क्षमता बढाउने र यसले कहिलेसम्म मानिसको शरीरमा काम गर्छ भन्ने विषयमा जोड दिने बताएका थिए । 

अर्काेतर्फ अक्सफोर्ड युुनिर्भसिटीमा कोरोना भाइरस विरुद्धको भ्याक्सिनमाथि परीक्षण हुुन गइरहेकको छ । यस विषयमा एम्सटर्ड युुनिर्भसिटीले कोरोनाभाइरसबाट बच्नका लागि मानिसहरुले प्रत्येक वर्ष भ्याक्सिन लगाउनुु पर्ने जनाएको छ । तथापि यो विषयको अनुुसन्धान सुुरुवाती चरणमै रहेको छ र यस विषयमा वरिष्ठ वैज्ञानिकहरुले कुुनै पनि समीक्षा गरेका छैनन् ।