काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा चैत गते आफ्नो ७४ औं शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो शाखाको कारोबार शुभारम्भ गरेका थिए । 

सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको विषयमा संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा योसँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।