काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोभिड १९ को संक्रमण भएको छ । 

निजी चिकित्सकलाई नै कोरोना संक्रमण भएपछि प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनी आइसोलेसनमा बसेका छन् या छैनन् भन्ने कुरा खुलिसकेको छैन । 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन समेत रहेकी उनको स्वाब परीक्षण भएको र शुक्रबार पोजिटिभ आएको बताइन् । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलेसनमा बसेकी छिन् ।