काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् ।

मेगा बैंकको बिहीबार बसेको संचालक  समितिको बैठकले करिब ४ महिनाअघि कामुको रुपमा कार्यरत खुञ्जेलीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

उनी अनिलकेशरी शाहले बैंकको नेतृत्व गर्दा खुञ्जेली नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

निजी क्षेत्रको वाणिज्य बैंकमा महिला व्यवस्थापनको सर्वोच्च तहमा पुगेको यो नै पहिलो घटना हो । 

धेरै वर्षअघि नेपाल बैंक लिमीटेडको महाप्रबन्धकमा महिला नियुक्त भएकी थिइन् । त्यस्तै, विकास बैंकको नेतृत्वमा समेत एकपटक महिलाले नेतृत्व गर्ने अवसर पाएकी थिइन् । तर, हालसम्म निजी लगानीको वाणिज्य बैंकको सीइओमा कुनै पनि महिला नियुक्त भएका थिएनन् । बैकिङ इतिहासमै पहिलोपटक अनुपमाले नेतृत्व हाँक्ने इतिहास बनाएकी हुन् । 

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी  स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।