काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा औसत  प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष यही अवधिमा ५५ करोड ९७ लाखमा सीमित  खूद  नाफा बढाएर ७१ करोड ५१ लाखको उचाईमा पुर्याएको हो ।

समीक्षा अवधिमा बैंकको संचालन नाफा, निक्षेप तथा कर्जा परिचालन बढेको छ भने रिजर्ब कोष भने  घटेको छ । 

गत वर्ष यही अवधिमा ७३ करोड ४१ लखमा सीमित संचालन नाफा बढेर  ९४ करोड ४६ लाखको उचाईमा पुगेको छ । 

यो अवधिमा बैंकले ७१ अर्ब ६ करोड निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५५ अर्ब निक्षेप संकलन गरी ४६ अर्ब कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २ अर्ब ४१ करोड रहेको रिजर्ब कोषमा १२.४३ प्रतिशतको गिरावट आई २ अर्ब ११ करोडमा सीमित  बन्न पुगेको छ  ।

गत वर्ष  ४  अर्ब ९४  करोडमा सीमित पूँजी  बढेर ८ अर्ब ३ करोड पुग्दा नाफामा सोअनुसारको बढोत्तरी हुन नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष यही अवधिमा २२.६६ रुपैयाँ  रहेको इपीएस घटेर १७.८० रुपैयाँ  कायम भएको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०६ गुणा कायम भएको  छ ।