काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले आगामी बैशाख १६ गतेदेखि ३ लाख ५७ हजार ८३ दशमलव १२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ ।

इच्छुक लगानीकर्ताले जेठ २० गतेसम्म तोकिएका ठाउँमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

अक्सनमा  सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम ५२३ रुपैयाँको दरले बोल लगाउनुपर्नेछ । न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ ।

एनआइबिएल एस क्यापिटल लिमीटेडले निर्धत उत्थानको बिक्री नभएको हकप्रदको लिलामीमा बिक्री प्रबन्धक रहेको छ ।

निर्धन उत्थानमा ग्रामीण ट्रस्ट बंगलादेशको स्वामित्वमा रहेको ३ लाख ५७ हजार कित्ता बिक्री गर्न लागेको हो ।