काठमाण्डौ । मतदानका लागि आवश्यक मतदाता परिचयपत्र नबनाइदिएको बिषयलाई लिएर चर्चित अभिनेत्री तथा नयाँशक्ति पार्टीकी नेतृ करिश्मा मानन्धर र उनका पतिबीचको घरायसी विवाद छताछुल्ल भएको छ । 

नायिका करिश्मा मानन्धरले पति विनोदले उनले र उनकी छोरीको मात्र मतदाता परिचयपत्र बनाएर आफूमाथि तानाशाही लादेको आरोप लगाउँदै सामाजिक सञ्जालमा घरायसी विवादलाई छताछुल्ल पारेकी हुन् । 

करिश्माले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्–‘सायद यो लेख्न हुदैनथ्यो .. तर हद भयो सहने, हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहे, एसै पनि बिनोद जी को असाध्यै राम्रो मान्छे भन्ने इमेज छ ।  तर आज मेरो मालिक बन्ने तानाशाहीको हद ले गर्दा मेरो मन ले सहन मानेन् ।’

उनले आफ्नो स्टाटसमा अगाडि रोष प्रकट गर्दै लेखेकी छिन्–‘बिनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहाना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन, सबै कुरामा तिमी नै मालिक बन, तर केही कुरा सहन सकिदैन । तिमिले हाम्रा लागि गरेका कुरा हामीप्रतिको तिम्रो कृपा मान्नु पर्ने ??’

करिश्माले नागरिकता बनाउँदा र मतदाता परिचयपत्र बनाउँदा समेत विनोदले आफूमाथि अन्याय गरेको दाबी गरेकी छिन् । ‘म काठमाडौंको नागरिकता भएको मान्छे वाहा संग बिबाह गरेपछी सप्तरी राजबिराज बाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो म चुपो लागे सायद श्रीमानकोमा रख्नु पर्छ होला भनेर, येत्रो बर्ष भयो वाहा ले मेरो भोटिङ कार्ड बनाई दिनु भयेन । हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर वाहाले भोटिङ कार्ड लिनु भयेछ तर वाहा ले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भयेन । मैले वाहा लाई सोधे तर वस्ता गर्नु भयेन .. म आफै गएर तीन घन्टा लाईन बसेर रजिस्ट्रर गरे .. बसाई सराई को कागज पनि थिएन तेसैले सप्तरीको लिस्ट मा पुगेछ ..न म राजबिराज को हो न म तिहा कहिले बसेको छु कसरी गएर भोट दिने ? .. अरु सब कुरामा उ मेरो मालिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सहिय भयेन’

करिश्माको यो स्टाटसमा कमेन्ट गर्ने धेरैले पारिवारिक विवाद वा झगडा बाहिर ल्याएको भन्दै उनको कडा आलोचना गरेका छन् । कतिपयले सस्तो लोकप्रियताका लागि गरिएको विवेकहीन प्रचारबाजी पनि भनेका छन् । 

कमेन्ट गर्नेहरुले जे जे भने पनि करिश्माको यो स्टाटसले उनी र विनोद मानन्धरबीचको सम्बन्ध पछिल्लो समय निकै चिसिएको बुुझ्न गाह्रो छैन । उनले स्टाटसको सुरुवातमै ‘हरेक कुरा त आफन्त र छोरीका लागि सहेँ’ भनेकी छिन् । यसको अर्थ विनोदले आफूमाथि अन्य कुराहरुमा समेत अन्याय गरेको करिश्मालाई लागेको रहेछ । जे होस् निर्वाचनको नाममा करिश्माले घरायसी झगडा बाहिर ल्याइदिएपछि गसिपको पात्र बनेकी छिन् ।