काठमाण्डौ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको छ। 

वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक २ सय ५० रुपैयाँ भत्ता र ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो । 

अर्थले यो प्रस्ताव स्वीकृत गरे दैनिक भत्ता र खाजा खर्चबापत सुरक्षाकर्मीका लागि दैनिक करिब ७ करोड रुपैयाँ खर्च हुनेछ। यससँगै एक साताको भत्ता र खाजा खर्चमा करिब ४९ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने छ। 

अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका प्रयोजनका लागि ३ अर्ब ४० करोड रूपैयाँ निकासा गरेको छ। गृह मन्तर्गत सुरक्षाकर्मी परिचालनमा ३ अर्ब र सेनाका लागि४० करोड रूपैयाँ विनियोजन गरिएको अर्थले जनाएको छ। यो खबर आजको कारोबारमा छापिएको छ ।