काठमाण्डौ । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न भारतका अधिकारी निकै माहिर छन् । नेपाली नेताले दिल्लीलाई तीर्थ मान्दा र भारतीय शासकलाई प्रभूको रुपमा बुझिदिंदा यस्तो अवस्था आएको सबैलाई थाहा भएकै कुरा हो । अब त हुँदा हुँदा रिटायर भएर घर फर्किन लागेको बेला भारतीय राजदूत रञ्जित रोयले स्थानीय निकायको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगमै पुुगेर हस्तक्षेपको प्रयास गरेका छन् । 

बिहीबार बिहान आयोग पुुगेका भारतीय राजदूत रोयले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग निर्वाचन तयारीका आन्तरिक  कुरा सोधेका थिए । उनले स्थानीय निकायको निर्वाचनको तयारी कहाँ पुुग्यो, के के भइरहेको छ लगायतको  बिषयमा प्रधानमन्त्रीले झै सोधेका प्रत्यक्षदर्शी आयोगका कर्मचारीहरुले बताएका छन् । 

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउने बारेमा समेत छलफल केन्द्रीत भएको प्रमुख आयुक्त यादवले बताएका छन् । नेपालमा हुन लागेको स्थानीय निर्वाचनका कारण सीमावर्ती क्षेत्रको सुरक्षा प्रबन्धको बिषयमा चासो दिनु स्वभाविक होला, तर यति हतारमा सुरक्षा व्यवस्था बारे अनावश्यक चासो दिनुलाई रहस्यमय ढंगले हेरिएको छ । 

भारतीय राजदूतले बिहीबार नै निर्वाचन सुरक्षाबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीसँग पनि छलफ गरेका छन् । ती छलफलमा स्थानीय तहको चुनावको सुरक्षाको बिषयमा छलफल भएको बताइएको छ । 

निर्वाचनका लागि तराईमा सिके राउत र पहाडमा नेत्रविक्रम चन्द विप्लवका गतिविधि सुरक्षा चुनौति रहेका सरकारले निश्कर्ष निकालिरहेको बेला र यी दुुई शक्तिलाई भारत तथा युरोपियन युनियनले लगानी गरिरहेका आरोप लागिरहेको बेला हतार हतार निर्वाचन सुरक्षाको बिषयमा रोयले बुुझ्नुलाई रहस्यमय ढंगले हेरिएको छ ।