काठमाण्डौ । ‘बीएस सिक्स निसान किक्स्’ कार भारतीय बजारमा छिटै लन्च हुँदैछ।

निसान कम्पनीले आफ्नो अफिसियल वेबसाइटमा यो कारको विस्तृत विवरण सेयर गरेको छ। कम्पनीले २०२० निसान किक्स् कार आफ्नो सेगमेन्टको सबैभन्दा पावरफुल इन्जिनका साथ आउने उल्लेख गरेको छ। 

यो कारमा नयाँ १.३ लिटर टर्बो–पेट्रोल इन्जिन हुनेछ। यो इन्जिनको अटो एक्पोमा रेनो डस्टरका साथ शोकेस गरिएको थियो। 

बीएस सिक्स निसान किक्समा दिइने नयाँ १.३ लिटर, ४ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले १५४ बीएचपीको पावर र २५४ एनएम टार्क जेनरेट गर्न सक्छ। यो इन्जिनका साथ आउने यो कार देशमा रहेका सबैभन्दा पावरफुल मिड साइज एसयूभी पनि हुनेछ। यो इन्जिन एडभान्स्ड ८ स्टेप सीभीटी गियरबक्सबाट सुसज्जित हुनेछ। यसका साथै ६ स्पिड म्यानुअल गियरबक्सको अप्सन पनि हुनेछ। 

मर्सेडिज करहरुमा पनि यही इन्जिन

नयाँ १.३ लिटर टर्बोचाज्र्ड पेट्रो इन्जिन डाइम्लर र निसान रेनल्टबाट मिलाएर बनाइएको हो। यो इन्जिन (धेरै पावरका साथ) मर्सेडिज ए क्लास र जीएलएसहित केही ग्लोबल मोडल्समा पनि दिइएको छ। 

१.३ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन बीएस सिक्स किक्समा मूल्य प्रतिस्पर्धी हुनेछ। यो इन्जिन एसयूभीको टप भेरियन्ट्समा हुनेछ। एन्ट्री लेभल भेरियन्ट्समा मौजुदा मोडलहरुजस्तै १०६ बीएचपी पावरसहित १.५ लिटर पेट्रोल इन्जिन हुनेछ। 

बीएस सिक्स किक्स केवल पेट्रोल इन्जिनमा आउनेछ। 

हाई एन्ड फिचर्सबाट भरिपूर्ण

निसान किक्स टर्बोमा केही हाई एन्ड फिचर्स पाइने आशा गरिएको छ। यसमा अटोमेटिक एसी, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, केही एयरब्याग्स, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोलजस्ता फिचर्स समावेश गरिएको छ। मार्केटमा यो कारको सीधा टक्कर ह्युन्डईको क्रेटा र किआको सेल्टासजस्ता एसयूभीसँग हुनेछ। 

सब–कम्प्याक्ट एसयूभी पनि ल्याउँदैछ निसान 

निसान आफ्नो बहुप्रतिक्षित सब–कम्प्याक्ट एसयूभी म्याग्नाइट पनि लन्च गर्ने तयारीमा छ। यसको सुरुआती मूल्य भारु ५.२५ लाख रुपैयाँको आसपास हुने अनुमान गरिएको छ। 

यो कार दुई इन्जिन अप्सनमा आउनेछ। जसमा ७१बीपीएच पावरसहित १.० लिटर पेट्रोल र ९९बीपीएच पावरसहित १.० लिटर टर्बो पेट्रोल इन्जिन रहेका छन्। मार्केटमा यसको प्रतिस्पर्धा मारुती ब्रेजा, ह्युन्डई भेन्यूर टाटा नेक्सनजस्ता एसयूभीसँग हुनेछ। – एजेन्सी