काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले नुवाकोटमा शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 
 
बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नुवाकोटको बट्टार शाखाको औपचारिक उद्घाटन गरेको हो । 
 
विदूर नगरपालिकाका मेयर सञ्जु पण्डितले सो शाखाको समुद्घाटन गरेका थिए । 
 
योसहित बैंकको शाखा संख्या १५६ वटा पुगेको छ । यो भनेको ४ वटा एक्सटेन्सन काउण्टरसहित हो । बैंकको देशभर १०० शाखारहित बैंकिङ इकाई छन् भने १६९ स्थानमा एटीएम तथा १३०० भन्दा बढी पस मेसिनको सञ्जाल रहेको छ ।