काठमाण्डौ । कोष व्यवस्थापन कम्पनी लिमीटेडले नेको इन्स्योरेन्स लिमीटेडको २ लाख कित्ता संस्थापक सेयरहरु जेठ १३(आइतबार)देखि लिलामीमा राखेको छ । 

नेको इन्स्योरेन्सका हाल कायम संस्थापक सेयरधनीले मात्र लिलामीमा राखिएको २ लाख कित्ता संस्थापक सेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

लिलामीमा राखिएको सेयरको मूल्य न्यूनतमा २४२ रुपैयाँ प्रतिकित्ता राखिएको छ । 

इच्छुक संस्थापक सेयरधनीले असार ३ गतेभित्र तोकिएका स्थानमा गएर लिलामीका सेयर खरीदका लागि आफ्नो बोलपत्र दर्ता गराउन सक्नेछन् । 

बोलपत्रमा सहभागी हुन चाहनेले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । अधिकतममा सबै कित्ताका लागि समेत आवेदन दिन पाइनेछ । 

सिद्धार्थ क्यापिटल लिमीटेड यो कम्पनीको स्वामित्वमा रहेको नेकोको संस्थापक सेयर लिलामीका लागि बिक्री प्रबन्धक तोकिएको छ । दोश्रो बजारमा यो बिमा कम्पनीको संस्थापक सेयरको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता ९१० रुपैयाँ रहेको छ ।