काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको असार १७ गते बसेको ३७० औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७४ लाख २९ हजार १२७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यसरी यो कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल १४ करोड ८५ लाख ८२ हजार ५३५ रुपैयाँ बराबर वितरण गर्नेछ । 

यो प्रस्ताव बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।