काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ८.४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

पुस २० गते साँझ बसेको कम्पनीको संचालक समितिको ३८४ औं बैठकले लाभांशमा लाग्ने करसहित कुल ८.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले स्वीकृत भएपछि लगानीकर्ताले पाउनेछन् ।