काठमाण्डौ । धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।

बोर्डले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार कित्ता हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो ।

नेकोको हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ७८ करोड ४१ लख रुपैयाँ रहेको छ । हकप्रदपछि बढेर १ अर्ब १७ करोडको उचाईमा पुग्नेछ । 
यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लख खूद नाफा आर्जन गरेको थियो ।