काठमाण्डौ । नेपालका सबै युवाहरु विदेशिएका छैनन्, केही स्वदेशमै बसेर नयाँ–नयाँ काम गर्न खोजिरहेका छन् । आफ्नै खुट्टामा उभिएर केही न केही नयाँ बिजिनेश गर्न खोज्नेहरुको संख्या समेत बढिरहेको छ । तर, कतिपय अवस्थामा विजिनेश आइडिया र सूत्र उत्कृष्ट हुँदाहुँदै पनि धेरै ठूलो प्रतिस्पर्धाका कारण सफल बन्न सकिन्न । यही कारण आज हामी तपाईलाई यस्ता विजिनेश आइडिया बताउन गइरहेका छौ, जुन नेपालमा अझै नयाँ नै हो र यसमा धेरै गर्न सकिने संभावना समेत छ । 

यी सबै काम अलग–अलग अवधारणामा आधारित छन् । प्रत्येकमा कारोबार सुरु गर्ने कयौं विकल्पहरु छन् । यी अवधारणामा नयाँ आइडिया लगाउन सक्नेका लागि झनै राम्रो छ । विश्वभरमा यी कारोबार सफलतापूर्वक चलिरहेका छन्, तर नेपालमा अझै यी बिजिनेशमा निकै कम मात्र प्रतिस्पर्धा छ । यी कारोबार तथा व्यापार सानो लगानीबाटै सुरु गर्न सकिन्छ र यसको बिस्तारको समेत निकै ठूलो संभावना छ । 

सानो घर
शहर बजारमा जमीनको मूल्यले आकाश छुन लागेको छ । यही कारण साना–साना जग्गाको टुक्राहरु खरीद गर्नु मानिसको बाध्यता भइदिएको छ । यही कारण शहरका मानिसलाई साना घरको उत्कृष्ट डिजाइन गर्ने विज्ञको जरुरत पर्छ । त्यस्ता व्यक्ति जसले ५ सयदेखि ८ सय स्क्वायर फुटमा यस्तो डिजाइन गर्छन्, जहाँ २ हजार स्क्वायर फुटको घरमा जस्ता सारा सुविधाहरु उपलब्ध होस् । यो काममा दुुई खालका मानिसहरुको सहभागिता हुन्छ । पहिलो, जसले पूरा घरको डिजाइन तयार गर्छ र दोश्रो, जसले घर अनुसारका सारा सुविधा उपलब्ध हुने फर्निचर बनाउँछ । यस्ता घरमा फर्निचर यो हिसाबले डिजाइन गरिन्छ कि, एउटै फर्निचरलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकियोस् । 

इको फ्रेन्ड्ली सोलुुसन एक्सपर्ट
हिजोआज शहरबजारमा धेरै मानिस पर्यावरणको कुरा गर्छन्, तर धेरै कमलाई मात्र थाहा छ कि व्यवहारिक जीवनमा यी कुराहरु कसरी परिवर्तन गर्ने वा आफू तथा वरपरको पर्यावरणलाई समेत फाइदा पुुग्ने गरी कसरी काम गर्ने । जस्तो, गर्मीको समयमा घरको छतमा विशेष प्रकारको पेन्ट लगाएर घरलाई शितल राखिरहन होस्, या मानिसलाई आफ्नो घर वा क्षेत्रमा सोलार प्यानल लगाउन सल्लाह दिन होस् वा त्यसको इन्स्टलको सबै जिम्मेवारी लिन नै किन नहोस् । घरमा थोरै वाटको बत्ती लगाएर समेत निकै धेरै उज्यालो आओस् भन्नका लागि होस् या पर्खालमा लगाइने रंगको छनौटको बिषय नै किन नहोस् । काम नलाग्ने वस्तुु भनेर फालिएको चिजबाट काम लाग्ने वस्तु बनाउने आइडिया जस्ता काम पनि यो व्यवसाय अन्तर्गत पर्छ । तपाईले यसमा कि त डिजाइन मात्र गर्नुपर्यो होइन भने वातावरणमैत्री ग्याजेटलाई इन्स्टल गरेर त्यसको रेखदेखको जिम्मेवारी समेत लिनुुपर्यो । यो निकै आधुनिक व्यवसाय हो । यसमा धेरै संभावना रहने विज्ञ बताउँछन् । 

हेल्दी फास्ट फूड
बिहानै उठेर व्यायाम गरेपछि यदि तपाई पार्क, क्लब वा घरबाट बाहिर निस्किनुुभयो र सो बेलामा तपाईका अगाडि सफासुुग्घर खानेकुरा, सामान्य टुसा पलाएको अन्न, फलफूलबाट बनाइएको स्वादिस्ट तथा ताजा जुस देख्नुुभयो भने तपाई यी चिज खान छुटाउनुुहुन्न । विदेशमा हेल्दी फास्टफूड अवधारणा सामान्य भइसकेको छ । तर नेपालमा यसको अझै पनि राम्रोसँग सुरुवात भइसकेको छैन । हेल्दी फास्टफूडको आफ्नो पूरा एक रेञ्ज हुन्छ, जसमा भेजदेखि लिएर नन्भेज डिससम्म सामेल हुन्छ । यस्तो कारोबार सानो पसलदेखि सुरु गरेर पछि रेष्टुरेन्टसम्म बनाउनसक्ने प्रवल संभावना हुन्छ । 

विजिनेश कन्सल्टेन्ट
सोशल मिडियामा कयौपटक केही लेखेर वा कुनै विज्ञापनमा कम्पनी वा कुनै सेलीब्रेटी आफ्नो लागि मुश्किल उठाउँछन् । यस्तै, कुनै खास इलाका, घटनालाई लिएर सही जानकारी नहुँदा गलत रेसपोन्स दिने वा रेसपोन्स नदिंदा समेत समस्या अझ बढ्छ । यसको साथै कम्पनीको सोसल रेसपोन्सीबीलिटी, पर्यावरण तथा कामको माहौललाई लिएर समेत कयौं जिम्मेवारी हुन्छन् । जसमा एक गलत कदमले कम्पनीको साख बिगारिदिन्छ । नयाँ कम्पनीदेखि सबै खालका कम्पनीहरुलाई यस्ता मानिसहरुको जरुरत पर्छ, जसले कुनै कम्पनी वा कुनै सेलिब्रेटीहरुलाई उनीहरुको काम वा कारोबार र समाजबीच सही कनेक्सन जोड्न मद्धत गर्न सकून् । आफ्नै ढंगले वा कुनै कम्पनी स्थापना गरी केही विज्ञहरुलाई समेत कनेक्सनमा राखेर समेत यो काम सुरु गर्न सकिन्छ । यस्ता कम्पनीहरुले सोसल कनेक्सनमा आफ्ना क्लाइन्टलाई विशेष ख्याल गर्छन् र जरुरी पर्दा उपयुक्त सल्लाह पनि दिन्छन् । यी कुनै पनि कम्पनीको प्रवक्ता वा एजेन्ट चाहि हुँदैनन्, यिनीहरुले मात्र सल्लाह दिन्छन्, जसको आधारमा कुनै कम्पनी वा सेलिब्रेटीले आगामी बाटो तय गर्नेछन् । 

एजुटेक
एजुटेक वा एजुकेसन टेक्नोलोजी पछिल्लो समय पढाईमा प्रविधिको बढ्दो प्रयोगका कारण चर्चित भइरहेको छ । नेपालकै समेत शहरी क्षेत्रका अभिभावक आफ्ना बालबच्चाहरुलाई यस्तो ठाउँमा पठाउन रुचि राख्न थालेका छन्, जहाँ पढाई हाइटेक तरिकाबाट होस् । यसमा एजुकेसनल गेम्स, असाइनमेन्टदेखि लिएर यूट्यूूबको लेक्चरसम्मका काम सामेल हुन्छन् । यो व्यवसायमा दुुई तरिकाबाट काम गर्न सकिन्छ । एक खालका मानिसहरुले कुनै एप वा प्रविधिको विकास गर्छन् र यसबाट बच्चाको पढाईमा मद्धत गर्छन् । यस्तै, दोश्रो सानाठूला यस्तो इन्स्टिच्यूसन स्थापना गर्न सकिन्छ, जसले यस्ता एप्स वा टेक्निकको माध्यमबाट बच्चालाई पढाउन र सिकाउन सकून् ।