काठमाण्डौ । करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनमा जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । 

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् । 

बुधबार राति सम्पन्न मत गणनामा कान्तिकाले एमालेका शान्तिलाल महतलाई ७११ मत अन्तरले पछार्दै नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनले कुल २ हजार ७ सय ७७ मत पाएकी थिइन । 

उनको पति कांग्रेसका स्थानीय नेता मानव सेजुवालको २ वर्षअघि विमान दुर्घटनामा परी निधन भएको थियो ।