काठमाण्डौ । ज्योति विकास बैंकले सोमबारदेखि काठमाण्डौको तारकेश्वर नगरपालिका ११, नेपालटारमा आफ्नो नयाँ शाखा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ । 

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सो शाखाको संयुक्त उद्घाटन गरे । 

तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो नेपालटार शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । गत साताभित्र मात्रै ज्योतिविकास बैंकले मकवानपुर जिल्लाको ग्रामीण भेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार र महोत्तरी जिल्लाको रामगोपालपुरमा नयाँ शाखा संचालनमा ल्याएको थियो । 

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा बिस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिकउत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिइने संचालक समितिका अध्यक्षले बताए । 

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएममार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वालगायतका सम्पूर्ण आधुनिक बैकिंङ्ग सेवाहरु उपलब्ध छन् ।