काठमाण्डौ । विश्वविख्यात काल्र्सबर्गले एक भव्य समारोहका बीच हयात रिजेन्सी होटलको रक्स बारमा आफ्नो ‘रेड हप एडीसन’को नयाँ बोटल  सार्वजनिक गरेको छ । 

लिभरपुल फूटबल क्लबसँगको सहकार्यको २५ औं वर्षगाँठ बनाउने क्रममा काल्र्सबर्गले सीमित परिमाणमा उत्पादित रेड हप बोटल सार्वजनिक गरेको हो । 

लिभरपुलको अफिसियल रंग रातो हो । विशेष कला र प्रविधि प्रयोग गरी लिभरपुलको सपोर्टमा बनाइएको बोतल सार्वजनिक गरिएको हो, जसले लिभरपुलप्रतिको फ्यानको आगाध प्रेम झल्काउने विश्वास गरिएको छ । 

लिभरपुलसँगको सहकार्यको २५ औं वर्षगाँठ मनाउन काल्र्सबर्गले रेड हप  बियर बजारमा ल्याएको छ । 

कोपनहेगनस्थित काल्र्सबर्गको रिसर्च ल्याब्रोटरीका  वैज्ञानिकहरुले लिभरपुलका २५ वर्षसम्मका विशेष म्याचहरुमा डूबेर विशेष रेड हप प्लान्ट्सको  विकास गरेका हुन् । 

गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले स्पेशल एडिसन बियरको बिषयमा आफ्नो उत्सुकता सेयर गर्दै भने–‘हामीले लिभरपुललाई आफ्नो जीवनको महत्वपूर्ण भाग बनाउन खोजेका छौ । यहीकारण नै हामी यो क्लबको एक महत्वपूर्ण अंगको रुपमा विगत २५ वर्षदेखि जोडिएका छौ । यो विशेष खालको बियर, जुन गत अक्टोबरमा लञ्च भएको थियो, जसमा काल्र्सबर्गका बैज्ञानिकहरुले लिभरपुलको म्याचका फूटेज हेरेर विशेष कला र प्रविधिको प्रयोग गरेका छन् । यो अवधारणा साच्चिकै पृथक छ ।’ 

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले सो अवसरमा भने–‘काल्र्सबर्गको लिभरपुलसँगको २५ वर्षे लामो सम्बन्ध विश्वको खेल क्षेत्रकै सबैभन्दा लामो समयसम्म टिकेको सम्बन्ध हो । यही कारण काल्र्सबर्गले लिभरपुलका समर्थकहरुलाई विशेष केही दिन चाहन्छ, यसैको परिणाम स्वरुप क्लबजस्तै निकै महत्वपूर्ण र विशेष बियर उत्पादन संभव भएको हो ।’ 

विशेष समारोहमा काल्र्सबर्गले लिभरपुलका एक डाईहार्ट फ्यान स्व. विकास न्यौपानेलाई मरणोपरान्त विशेष सम्मान समेत गरेको छ । उनको क्रोनिक रोगका कारण २०१६ डिसेम्बरमा निधन भएको  थियो । 

यस्तै, डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलावलले सो अवसरमार लिभरपुलका सबै खेलाडीले हस्ताक्षर गरी लिभरपुल फूटबल क्लबबाट पठाइएको जर्सी समेत प्रदर्शन गरेका थिए । स्वर्गीय विकासका बुबा टेकबहादुर न्यौपाने र बहिनी सुलोचना न्यौपानेले हस्ताक्षरयुक्त सुसज्जित जर्सी ग्रहण गरेका थिए ।  सो अवसरमा विकासको छोटो जीवनीको भिडियो प्रस्तुती समेत दिइएको थियो, जसले लिभरपुलका समर्थकहरुलाई भावुक बनाएको थियो ।

सोही अवसरमा लिभरपुल र म्यानसिटीबीचको लाइभ खेल समेत कार्यक्रममा सहभागीहरुले हेर्ने मौका पाएका थिए । 

काल्र्सबर्गले सन् १८४७ देखि उत्पादन थालेको इतिहास छ । यो बियर कम्पनीले आफ्ना उत्पादन् सन् १९९५ देखि नेपाली बजारमा ल्याएको हो । काल्र्सबर्ग विशेष गरी यसको स्वाद, गुणस्तरीयता र उत्कृष्ट प्याकिङका लागि प्रख्यात छ । हाल यो बियर ६५० एमएल र ५०० एमएलको क्यानमा समेत उपलब्ध छ।