काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि दाताहरुलाई आग्रह गरेका छन् । 

चेम्बरले पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै नेपालमा लगानीको  सुरक्षित वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरे । 

नेपालको पर्यटन, उद्योगलगायतका क्षेत्र लगानीका लागि उपयुक्त हुनसक्ने उनको भनाई छ । नेपालमा लगानीको वातावरण बनाउन लगानी बोर्डसँंग पनि पटकपटक छलफल चलेको जानकारी दिंदै उनंले नेपालमा लगानी गरी दुवै देशको आर्थिक विकासमा योगदान दिन आग्रह गरे । 

प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको आर्थिक विकासका लागि तत्पर रहेको जानकारी दिंदै उनंले नेपाल सरकारसँंग सहकार्य गरी अगाडि बढ्न आफूहरु तयार रही अगाडि बढिरहेको समेत बताएका थिए । 

पोल्याण्डका राजदूत बुराकोस्कीले नेपालसँंग सहकार्य गरी दुवै देशको आर्थिक विकासका लागि पोल्याण्ड तयार रहेको बताए । 

कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, कार्यसमिति सदस्यहरु लोकमान्य गोल्छा, देवेन्द्रभक्त श्रेष्ठलगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।