काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो एफसेवेनको अप्रिल २५ देखि फस्र्टसेल मार्फत बिक्री आरम्भ गरेको छ । 

ओपो एफसेवेन एआई ब्यूटी टेक्नोलोजी २.० र २५ एमपी फ्रण्ट क्यामेरा सहितको नेपालमा ब्राण्डकै पहिलो एफएचडी प्लस सुपर फुल स्क्रिन डिस्प्ले मोडल हो । 

सेल्फीमा रहेका विषयहरुका लागि ब्यक्तिगत ब्यूटिफिकेशन उपलब्ध गराउन डिजाइन गरिएको प्रविधि सहितको उक्त फोन सोलर रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध गरिएको छ । दूई भिन्न भ्यारियण्टमा उपलब्ध गरिएको उक्त फोनको ४ जीबी मोडलको मूल्य रु ३६,५९० तोकिएको छ भने एफसेवेन १२८ जीबीको मूल्य रु ४६,५९० निर्धारण गरिएको छ ।

ओपो एफसेवेन मार्फत सेल्फी फिचरका रुपमा उपलब्ध गरिएको एआई २.० ले अनुहारका आकार, विशेषता लगायत ग्लोबल डाटावेसमा आधारित भई पहिचान गर्ने क्षमता राख्छ । साथै, यसमा २९६ फेसियल टच प्वाइन्ट्स पनि रहेका छन् । 

यसको विकास प्रक्रियाका दौरान ब्यवसायिक फोटोग्राफर्स, मेकअप आर्टिस्ट लगायतसंग विशेष परामर्श लिइएको थियो । फलस्वरुप, ओपो एफसेवेनमार्फत खिचिएका सेल्फीहरु अझ वास्तविक र प्राकृतिक देखिन्छन् । उत्कृष्ट सेल्फीका लागि ओपो एफसेवेनमा ओक्टा कोर ६४–बीट मिडियाटेक हेलियो पी६० प्रोशेसरको प्रयोग गरिएको छ । 

फस्र्ट सेलका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘भरखरै सार्वजनिक ओपो एफसेवेनका लागि नेपाली उपभोक्ता, सञ्चार जगत, शुभचिन्तक लगायतद्वारा प्राप्त अपार माया, सकारात्मक प्रतिक्रिया र समर्थनका लागि हामी कृतज्ञ छौँ । नयाँ फोनमा रहेका नवप्रबर्तनात्मक प्रविधि र आकर्षक डिजाइनका लागि हामीलाई निकै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । बजार माग र बिक्री नियाल्दा ओपो एफसेवेनले ब्राण्डकै लागि नयाँ उचाई स्थापित गर्ने करिब निश्चित छ । बजारबाट आएको यस्तो प्रतिक्रियाले भविष्यमा अझ उत्कृष्ट उत्पादन नेपाली उपभोक्ताका लागि पस्किन हामीलाई थप हौसला तथा प्रेरणा मिलेको छ ।’

१०८० ह् २२८० रिजोल्यशुन सहितको ६.२३–ईञ्चको एफएचडी प्लस डिस्प्ले सपोर्ट गर्न फोनमा ३४०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । स्क्रिनको सुरक्षाका लागि फोनमा स्क्र््याच रेजिस्टेण्ट कोर्निङ गोरिल्ला ग्लास ५को प्रयोग गरिएको छ । साथै, फोनमा रहेको १६ एमपी रियर क्यामेरा दिन तथा रात दुबै समयमा शटका लागि उत्कृष्ट छ । एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.०मा प्रणाली ब्यवस्थापनमा सुविधाका लागि सफ्टवेयरमै एआईको ब्यवस्था गरिएको छ । 

कलर ओएस ५.० एआई पावर म्यानेजरले फोन उत्कृष्ट अवस्थामा रहोस् भन्ने कुरालाई ध्यानमा राखी एप अनुसार उर्जा वितरण गर्छ ।

एफफाइभसँगको तुलनामा ओपो एफसेवेनको समग्र कार्यक्षमतामा ८० प्रतिशतले सुधारिएको छ । साथै, एआई सपोर्ट  गर्ने हुँदा यसको कार्य सम्पादन समेत थप सटिक रहेको कम्पनीको दाबी छ ।