काठमाण्डौ । बेलायतका बैंकहरुले पछिल्लो समय प्रत्येक महिना औसतमा ६० वटा शाखा बन्द गरिरहेका छन् । बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१५ देखि २०१८ को अवधिमा यहाँका बैंकहरुले आफ्ना २ हजार ८ सय ६८ वटा शाखा बन्द गरिसकेका छन् । 

यो अवधिमा सबैभन्दा बढी न्याटवेस्ट बैंकले साढे ६ सयको हाराहारीमा बैंक शाखा बन्द गरेको छ । दोश्रोमा एचएसबिसीले साढे ४ सयको हाराहारीमा आफ्नो शाखा बन्द गरेको छ । 

बेलायतका २० वटा बैंकले तीन वर्षको अवधिमा २८६८ वटा शाखा बन्द गरिसकेका छन् । 

बैंकहरुले शाखा बन्द गर्नुपरेको कारण अनलाइन बैंकिङको तीव्र विकास भनेका छन् ।

सबैभन्दा बढी स्टकल्याण्डमा खोलिएका ४ सयको हाराहारीमा बैंक शाखा बन्द गरिएको छ । साउथ इस्ट र नर्थ इस्टमा पनि ३ सय भन्दा बढीको दरले बैंक शाखा बन्द गरिएका छन् । 

रोयल बैंक अफ स्कटल्याण्डका प्रवक्ताले शाखा बन्द गर्नु पछाडिको कारण प्रस्तुत गर्दै भनेका छन्–‘२०१४ देखि बैंक शाखामा आएर बैंकिङ गर्ने ग्राहकको संख्या ४० प्रतिशतले घटेको छ । यही अवधिमा मोवाइल कारोबार भने ७३ प्रतिशतले बढेको छ ।’ 

यसको अर्थ त्यहाँका ग्राहकहरुले बैंकिङ गर्ने माध्यम र शैलीमा तीव्र परिवर्तन चाहिरहेका छन् भन्ने हो । बैंकिङ गर्नका लागि बैंकको शाखामै पुग्नुपर्ने बाध्यता बेलायतमा बिस्तारै कम हुँदै गएको छ । 

अरु त अरु बेलायतका बैंकहरुले क्यास मेसिन समेत तीव्र रुपमा बन्द गरिरहेका छन् । यसको अर्थ प्रविधिले समाज सुसज्जित हुँदै जाँदा कारोबारको सहजताका लागि खोलिएका एटीएमहरुको समेत भविष्य छैन भन्ने हो ।

रोयटर्समा छापिएको अर्को एक खबर अनुसार यूरोपियन बैंकहरुले मात्र एक वर्षको अवधिमा बैंकिङ उद्योगमा कार्यरत ५० हजार जनशक्तिलाई बिदाई गर्नुपर्यो । 

प्रविधिको तीव्र विकास भइरहेको विकसित देशहरुमा बैंक शाखाको सटर धमाधम तानिइरहँदा नेपालमा भने ठीक उल्टो, शाखा बिस्तारको होड चलेको छ । र, क्यासलेस सोसाइटी (नगदरहित समाज) बनाउँछौ भनी घोषणा गर्ने सरकार र उसका एजेन्सीहरुले समेत शाखा बिस्तारलाई नै जोड दिएको निकै विरोधाभासपूर्ण अवस्था छ । 

नेपालमा समेत प्रविधिमा तीव्र गतिको विकास भइरहेको छ । अहिलेको समयमा स्मार्टफोन प्रयोगकर्ताको संख्या निकै माथि पुगेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या समेत उत्तिकै बढेको छ । योसँगै इन्टरनेट बैंकिङ गर्नेहरुको संख्या समेत हरेक वर्ष अपत्यारिलो गतिमा दौडिरहेको 
छ । अनलाइन पेमेन्ट गर्नेहरुको दिनहुँको बढ्दो संख्याले समेत हाम्रो बैंकिङको भविष्य कता जाँदैछ भन्ने प्रष्टिन्छ । 

अब प्रश्न उठ्न सक्छ, नेपालको बैंकिङ क्षेत्र र सेवा विश्वस्तरसँग तुलनालायक कहिले बन्ला ? प्रविधिले सुसज्जित आधुनिक बैंकिङको अनुभूत बहुसंख्यक नेपाली नागरिकले कहिले गर्न पाउलान् ? के नेपालमा पनि कसैले विश्वस्तरीय बैंकिङको सुरुवात गर्दैछ ?

नीति तथा कार्यक्रममा ‘नगदरहित कारोबारलाई प्राथमिकता दिने’ भन्ने लाइन लेखेर मात्र विश्वस्तरको बैंकिङको उपलब्धि हासिल हुने अवस्था आउँदैन । यसका लागि साच्चिकै क्यासलेस सोसाइटी (नगदरहित समाज) निर्माणमा ध्यान दिनुपर्छ र त्यसका लागि आवश्यक विकल्पहरुमा तीव्र गतिमा अगाडि बढ्नुपर्छ । 

नेपालको बैंकिङस्तरलाई विश्वका आधुनिक बैंकिङसँग तुलना गर्ने हो भने हामी ढुङ्गेयुगमा भएको अनुभूत हुन्छ । हामी थोरै ब्याजमा निक्षेप उठाउने र धेरै ब्याज असूलेर कर्जा प्रवाह गर्ने अत्यन्त परम्परावादी बैंकिङमै रमाइरहेका छौ । 

आफूसँग भएको पैसा राख्न र बैंकमा राखेको पैसा निकाल्न समेत घण्टौ लाइन लाग्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था बैंकिङ सेवा लिने नाममा नेपालीहरुले भोगिरहेका पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । तर, उनको भनाईमा नेपालको बैंकिङ क्षेत्र प्रविधिले पूर्ण सुसज्जित हुन नागरिकहरुमा बैंकिङको नयाँ शैलीको बिषयमा सचेतना बढ्नु आवश्यक छ । ‘इन्टरनेटको पहुँच गाउँ गाउँसम्म पुग्नुपर्छ ।’ उनले भने–‘अनि मात्र विदेशमा जस्तै यहाँ पनि प्रविधियुक्त आधुनिक बैंकिङको युगको सहज सुरुवात हुनेछ ।’

बैंकिङ सेवा लिने वा दिने नाममा परम्परावादी सोंचबाट ग्रस्त भई यसैको सेरोफेरोमा हाम्रो बैंकिङ उद्योग फनफनी घुमिरहेको छ । देशमा इन्टरनेटको तीव्र बिस्तार, प्रत्येकको हातमा मोवाइल पुगेको अवस्था र सामाजिक सञ्जालमा बहुसंख्यक जनसंख्या समावेश भएको अवस्थामा पनि हाम्रा लागि आधुनिक बैंकिङ किन सहज भइरहेको छैन ? वल्र्ड क्लासको बैंकिङको पूर्वाधार विकासका लागि एकाध केही बैंकहरुले मात्र जारी राखेको प्रयास पर्याप्त छ ? यसका लागि राज्यले पनि सोच्नुपर्ने समय आएको बैंकर मनोज ज्ञवाली बताउँछन् । आवश्यक पूर्वाधार तयार गर्ने काम राज्यको रहेको र पूर्वाधार तयार भएपछि बैंकहरु समेत आधुनिक सेवामा केन्द्रीत हुनुको विकल्प नहुने ज्ञवालीको धारणा छ ।

के हो वल्र्ड क्लास बैंकिङ ? हामी कहाँ छौ ?
यस सम्बन्धमा हामीले फरक सोच, दृष्टिकोण र प्रयोगबाट अघि बढिरहेको एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँग छलफल गरेका थियौं । उनका अनुसार विश्वमा बैंकको मुख्य काम डिपोजिट लिने र लोन दिने मात्र होइन । डिपोजिट लिने र लोन दिने कामभन्दा भुक्तानीको काम(पेमेन्ट फङ्सन)लाई विश्वका बैंकहरुले प्राथमिकतामा राख्ने गरेका छन् । मानिसले व्यक्तिगत कामका लागि गर्ने पेमेन्ट ः जस्तो सामान किन्दा, घरमा बसेर सामान अर्डर गर्दा, कम्पनीले आफ्ना कामदार वा कर्मचारीलाई तलब भुक्तानी गर्दा बैंकले पेमेन्ट गरिदिन्छ । त्यहाँ बैंकको मुख्य काम पेमेन्ट फङ्सन नै हो । 

विश्वस्तरको बैंकिङ सेवा दिइने मुलुकमा पेमेन्ट फङ्सनसँग सम्बन्धित विभिन्न प्रडक्टहरु बजारमा ल्याइन्छ । 

हामीकहाँ रेमिटान्स, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, कार्ड, पस जस्ता माध्यमसँग सम्बन्धित डिजिटल सेवा मात्र छन् । इन्टरनेटको दुनियाँमा यो मात्रै पनि डिजिटल बैंकिङ होइन । 

विश्वमा बैंकिङकै माध्यमबाट नगदरहित अर्थतन्त्र निर्माण भइसकेका छन् । भारत र चीनजस्ता देश आफ्नो समाजलाई पूर्ण नगदरहित बनाउने दौडमा धेरै अगाडि पुगिसकेका छन् ।  

ती देशमा पछिल्लो समय यसैसँग मिल्दोजुल्दो बैंकिङ प्रडक्ट ल्याइन्छ । त्यहाँ बैंक हुँदैनन्, तर बैंकिङ हुन्छ । ग्राहकले वर्षौसम्म बैंकको मुख देख्दैन, तर बैंकिङ चाहि ढुक्कसँग गरिरहेको हुन्छ । 

हामीले अहिलेसम्म बैंकिङको नाममा डिपोजिट लिने, लोन दिने, डिपोजिटरलाई सकेसम्म कम ब्याज दिने र लोन लिनेसँग सकेसम्म बढी ब्याज लिने अभ्यास मात्र गर्यौं । निक्षेपमा दिने ब्याज र लोनमा लिने ब्याजदरबीचको स्प्रेडबाट कमाउने ध्याउन्न अधिकांश बैंकहरुको भयो । त्यही भएर राष्ट्रबैंकले बाध्य भएर ब्याजदर अन्तर दर स्प्रेडलाई नियमन नै गर्नुपर्यो । ‘देशको रेगुलेटरले वाणिज्य बैंकको ब्याजदरको स्प्रेडलाई नियमन गर्नुपर्ने अवस्था भनेको राम्रो संकेत होइन ।’ न्यौपाने भन्छन्–‘हाम्रो बैंकिङ असाध्यै परम्परावादी टाइपको भयो । साहुमहाजनहरुले चर्को ब्याज लिएर ऋण दिएजस्तो परम्परावादी सोंचमा हामी रमाइरहेका छौ, यो गलत छ ।’

बैंकिङ विज्ञ तथा पूर्व बैंकर अनलराज भट्टराईको भनाईमा अन्तराष्ट्रिय बैंकिङ स्ट्याण्डर्डको तुलनामा नेपालको बैंकिङ स्ट्याण्डर्ड एकछेउ पनि 
छैन । तर सबै बैंकको हकमा यो नियम लागू हुन्छ होला ? पक्कै हुँदैन । नेपालमै पनि केही बैंक यस्ता छन्, जो इन्टरनेशनल बैंकिङ स्ट्याण्डर्डमा आफ्नो सेवालाई बदल्ने गोरेटो कोर्ने प्रयासमा जुटिसकेका छन् । 

विश्वस्तर बैंकिङको गोरेटो कोर्ने काममा पछिल्लो समय एनआइसी एशिया अरु भन्दा निकै अगाडि देखिएको छ । आफ्नो कुल कारोबारको ४० प्रतिशत डिजिटल च्यानलबाट हुने गरेको दाबी गर्ने यो बैंक भित्रभित्रै विश्वस्तरको बैंकिङ सेवा प्रवाहको तयारीमा लागेको देखिएको छ । 

विश्वस्तरका बैंकहरुले गरेजस्तो यो बैंकले ब्राण्डिङ्गको समेत देशमा नयाँ परिभाषा सिर्जना गरिदिएको छ । ब्राण्डिङ्ग गर्नु र विज्ञापन गर्नुलाई एउटै ठान्नेहरुलाई एनआइसी एशियाको ब्राण्डिङ्ग नीतिले सोच्न बाध्य तुल्याइदिएको अवस्था छ । 

आफ्नो ब्राण्डिङ्ग नीतिको बारेमा थप प्रष्ट पार्दै उक्त बैकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्छन्–‘अत्याधुनिक र विश्वस्तरको बैंकिङ र बैकलाई देशकै सबैभन्दा सहज, सवल, गतिशील, विश्वसनिय र उत्तरदायी सँस्थाको रुपमा स्थापित गर्न र सोहि तथ्य सम्वन्धित सबै सरोकारवालाहरुलाई जानकारी गराउन बैंकले विश्वस्तरको उत्कृष्ट ब्राण्डिङ्ग अभ्यासहरु अपनाउँदै आएको छ । परम्परागत विज्ञापन भन्दा धेरै माथि उठेर समग्र बैंकको ब्राण्ड पर्सनालिटी, ब्राण्ड इमेज र ब्राण्ड भ्यालु अभिवृद्धि गर्ने कार्यमा हामी अग्रसर रहेका छौं ।’

एनआइसी एशियाले अंगिकार गरेको आक्रामक ब्राण्डिङ्गको नीतिलाई प्रारम्भमा धेरैले आलोचना गरे । अझ बैंक तथा बित्तीय संस्था हाँकिरहेकाहरुले एनआइसी एशियाले प्रचारमा धेरै खर्च गरेर डूब्ने बाटो खनिरहेको दाबी गर्दै बैंकको अस्तित्व नै समाप्त हुने भविष्यवाणी समेत गर्न भ्याए । तर न्यौपानेका अनुसार बैंकले पछ्याएको विश्वस्तरको झल्को दिने ब्राण्डिङ्ग र विज्ञापन नीतिको प्रतिफल उच्चतम रुपमा प्राप्त गरिरहेको छ । 

डिजिटाइजेसनको होडबाजी खोई ?
नेपालका बैंकहरुबीच नेटवर्क र फूटप्रिन्ट बिस्तारको होडबाजी देखिएको छ । एक वर्षअघिसम्म २० वटा शाखामा सीमित हुने बैंकको पनि अहिले औसतमा १०० शाखा पुगिसकेका छन् । बैंकिङ पहुँच नपुगेको क्षेत्रमा जाने यो होडबाजीले बैंकहरुको भौतिक उपस्थिति बढाएता पनि, यसले आधुनिक बैंकिङमा खासगरी Banking Through Digital Channel सोचे जस्तो परिणाम प्राप्त भएको छैन । 

शाखा संख्या र नेटवर्ककै कुरा गर्दा अहिले देशमा सबैभन्दा बृहत नेटवर्क भएको बैंक पनि एनआइसी एशिया नै  हो ।

शाखा तथा अन्य भौतिक नेटवर्क विस्तारलाई एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तत्कालको आवश्यकताको उपजको रुपमा व्याख्या गर्छन् । नेपालमा अझै पनि ५५ प्रतिशत जनता बैंकिङ पहूँच भन्दा बाहिर रहिरहेको परिस्थितिमा धेरै भन्दा धेरै त्यस्तो जनसँख्यालाई बैकिङ पहूँचभित्र ल्याउन र विकासको प्रतिफलको समानुपातिक र समतामीलक प्रतिफल सबैले प्राप्त गर्न सकुन् र गरिबी न्यूनिकरण र रोजगारी अभिवृद्धिको राष्ट्रिय संकल्पमा ठोस टेवा पुर्याउन सकियोस भन्ने हेतुले तिनै वर्गलाई लक्षित गरी दुर्गम र सहरोन्मुख क्षेत्रमा केन्द्रित भई बैंकिङ समावेशीकरण बढाउनु तत्कालिन आवश्यकता भएको र सोको लागि त्यस्ता स्थानहरुमा शाखा विस्तार गर्नु आवश्यक भए बमोजिम शाखा सञ्जालमा व्यापक वृद्धि गरिएको र आगामी कार्यनीतिमा विश्वस्तरको अत्याधुनिक बैकिङ सेवा प्रवाह गर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको न्यौपाने बताउँछन् ।

बैंकको भौतिक उपस्थितिमा जसरी एनआइसी एशिया अगाडि बढेको देखिन्छ, उसले रणनीतिक रुपमा डिजिटल प्लेटफर्ममा पनि देशका सबै बैंकलाई नेतृत्व गरिरहेको छ । कुल कारोबारको ४० प्रतिशत डिजिटल च्यानलबाट हुने कुरा अहिलेको सन्दर्भमा चानचुने कुरा पनि होइन । 

बैंकिङ विज्ञ भट्टराईका अनुसार सेवालाई डिजिटाइजेसन गर्ने मामलामा नेपालका बैंकहरुले गर्न बाँकी थुप्रै काम छन् । 

‘आधुनिक बैंकिङमा बैंकको सेवा सतप्रतिशत डिजिटाइज्ड हुनुपर्छ । मान्छे बैंकमा आएर बैंकिङ गर्नु भनेको असाध्यै परम्परावादी कुरा हो ।’ न्यौपाने भन्छन्–‘हाम्रो क्यापिटल मार्केट अनलाइन भइसक्यो, तर हाम्रो बैंकिङ’ चांहि सेयर बजारको ओपनआउट क्राई सिस्टम रहेकै अवस्थामा छ, अब प्रविधिको प्रयोगमा फड्को मार्नु पर्छ ।’ 

उहिले सेयर बजारमा ब्रोकरहरुले फ्लोरमा गएर चिच्याउने ओपनआउट क्राई सिस्टम र अहिले ग्राहक बैंकमा आएर डिपोजिट राख्ने, नगद बोकेर आएर काउण्टरमा डिपोजिट गर्ने र चेक लिएर आएर काउण्टरबाट साट्ने कुरा उस्तै भएको युवा बैंकर न्यौपाने बताउँछन् । उनको भनाईमा पनि विश्वस्तरको बैंकिङ लिएर बढ्ने हो भने बैंकहरुको सबै सेवा डिजिटाइज्ड हुनुपर्छ । ‘मान्छे बैंकमा आउन नपरोस्, उनीहरुको हातहातमै बैंक पुगोस् ।’ एनआइसी एशियाको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले आफ्नो लक्ष्य र सपनालाई समेत जोड्दै भने–‘मोवाइल र इन्टरनेट भएपछि उसको हातमै बैंक रहेको अनुभूति होस् । उसले लोन चाहियो भने मोवाइलबाटै आवेदन दिन सकोस्, मोवाइलबाटै अप्रूभ हुन सकोस् । मोवाइलबाटै ऋण तिर्ने काम होस् । बैंकको मुख नै नदेखी उसले बैंकिङ सर्भिस लिइरहेको हुनेछ ।’ 

भौतिक रुपमा बैंकको उपस्थिति नभएको, तर बैंकिङ सेवा रहेको अवस्थालाई भर्चुअल बैंकिङ भन्ने गरिन्छ । भर्चुअल बैंकिङ बुझेकाहरुका लागि नेपालको जस्तो चेक साट्ने परम्पराबाट गुज्रिरहेको बैंकिङ ढुंगेयुग जस्तो लाग्नसक्छ । 

‘हामीमा एकदमै परम्परावादी बैंकिङ सिस्टम चलिरहेको छ । अब हामी थोरै आधुनिक बन्नतर्फ लाग्नुपर्छ ।’ न्यौपाने भन्छन्–‘यसलाई टर्नअराउण्ड गर्नुपर्ने छ । यसलाई पूरै परिवर्तन गरी मोर्डन बैंकिङमा जानुपर्नेछ ।’ 

न्यौपानेका अनुसार एनआइसी एशिया बैंकले केही समयपछि आफ्ना पूरै सेवालाई डिजिटाइज्ड गर्न खोजिरहेको छ । यसका लागि बैंकले डिजिटल एजेन्सीबाट सपोर्ट लिएको छ । कतिपय डिजिटल कुराहरु आउटसोर्सिङ गरिरहेको छ । बाहिरबाट डिजिटल सर्भिसको अक्वायर समेत गरिरहेको न्यौपाने बताउँछन् । आधुनिक बैंकिङको पूर्वाधारलाई अन्तिम रुप दिन बैंकले निकट भविष्यमै २५ जना कम्प्यूटर इञ्जिनियरहरु भर्ना गर्न लागेको उनले जानकारी दिए ।

अब लाइफस्टाइल बैंकिङ
मन परे पनि, मन नपरे पनि वा चाहे पनि, नचाहे पनि आधुनिक बैंकिङमा जानैपर्ने अवस्था विस्तारै सृजना भैरहेको छ । त्यसैले लाइफस्टाइल बैंकिङको अवधारणा अङ्गिकार गर्दै एनआइसी एशियाले आफ्नो सेवालाई आमूल सुधार गरिरहेको न्यौपाने दाबी गर्छन् । 

डिजिटल माध्यममा अरुभन्दा अगाडि भएकै कारण एनआइसी एशियाको प्रगति समेत चमत्कारिक ढंगले अगाडि बढेको न्यौपानेको दाबी छ । 

वित्तीय पहुँच गाउँ–गाउँमा, हात–हातमा बैंकिङ लगायतका रणनीतिको रिजल्ट एनआइसीको वासलातमा समेत झल्किन थालेको छ । एनआइसी एशियाले डिजिटाइज्ड सेवालाई प्राथमिकतामा राखेर बैंकले नाफा कमाउने माध्यम निक्षेप सस्तोमा उठाएर, महंगोमा ऋण प्रवाह गर्नु मात्र होइन भन्ने कुरा प्रमाणित गर्न लागिरहेको न्यौपानेको भनाई छ ।

उसले आफ्नो मुख्य नीति नै बैंकिङको विषयमा नेपालीमा व्याप्त सोंच बदल्ने भन्ने छ । यहीकारण उसका विज्ञापनहरुमा समेत ‘सोच बदलौं’ भन्ने स्लोगन हरदम आइरहन्छ ।  

यो बैंक पछिल्लो समय ‘सबैका लागि सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक’ भन्ने अवधारणामा बढी फोकस भएको देखिन्छ । यसैकारण रिटेल, एसएमई र विपन्न वर्गकर्जामा बैंक बढी केन्द्रीत भई कुल कर्जाको ९० प्रतिशत भन्दा बढी कर्जा त्यहीअन्तर्गत प्रवाह गरेको बैंकले जनाएको छ । यस्ता कर्जामा यो बैंक सबैभन्दा अगाडि छ । 

विश्वस्तरका बैंकहरुको पदचाप पछ्याएर समेत नेपालमा बैंकिङ गर्न सकिने रहेछ भनी आशा गर्ने ठाउँ एनआइसी एशियाले सिर्जना गरिदिएको विज्ञ बताउँछन् । अर्का एक बैंकिङ विज्ञले बिजशालासँग भने–‘एनआइसी एशियाले फूटप्रिन्ट बढायो । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा 
राख्यो । यहीकारण उसले खासै विशेष प्रडक्ट नल्याउँदा समेत कासा डिपोजिटमा ऊ छोटो समयमै नम्बर वान बैंक बन्न सफल भइसकेको छ । डिपोजिट मात्र होइन, क्रेडिटमा समेत अग्रणी स्थानमा छ ।’

आफूलाई अरुको तुलनामा तीव्र डिजिटाइज्ड गर्दै गएको यो बैंकले अधिकांश सूचकमा अपत्यारिलो प्रगति गर्दै दोश्रो त्रैमासमा नवील र इन्भेष्टमेन्ट जस्ता बैंकहरुलाई पछाडि पारिदिएको छ । बैंकको अहिलेको रफ्तार जारी रहे केही समयपछि नै सबै सूचकमा यो बैंकले सबैलाई उछिन्ने प्रष्ट संकेत देखिइसकेको छ । 

यसकारण यो पोर्टफोलियोमा बैंक एक नम्बरमै छ । प्रफिटमा पनि आश्चर्यजनक प्रगति गरिरहेको छ । उसको प्रफिट हरेक क्वार्टर भन्दा राम्रो भइरहेको छ । उसले केही समयअघि डिवेञ्चरको आह्वानपत्रमा अर्को वर्ष नाफा बढाएर ५ अर्ब पुर्याउने र त्यसपछिको वर्ष अझ बढेर ७ अर्ब प्रफिट गर्ने प्रक्षेपण गरेको छ । यी सबै उपलब्धिलाई एनआइसी एशियाका सीइओ न्यौपाने आधुनिक बैंकिङतर्फ अग्रसर हुँदाको प्रतिफल र परिवर्तित सोंचको परिणामको रुपमा बुझ्छन् ।

‘अहिले हाम्रो जेजस्तो प्रगति छ, आधुनिक बैंकिङतर्फको अग्रसरता र डिजिटल बैंकिङको पनि त्यसमा महत्वपूर्ण योगदान छ ।’–उनले भने ।

एनआइसी एशियाले पनि आधुनिक बैंकिङको अवधारणालाई बढावा दिंदै एटीएम फ्री गरिदियो, कार्ड सेलमा उसले विशेष ध्यान दियो । शून्य मौज्दातमा खाता खोल्न सकिने सुविधा, र अनलाईनबाटै खाता खोल्न सकिने सुविधा दियो भने मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ समेत निःशुल्क गरिदिएको न्यौपानेको दाबी छ । 

यस्तै, अनलाइनबाट अकाउण्ट खोल्दा बढी ब्याज दिने अफर समेत सार्वजनिक गर्यो । मानिसलाई डिजिटल बैंकिङको प्रयोगमा अभ्यस्त गराउन अतिरिक्त सुविधा दिनुपर्नेमा विगतमा केही बैंक सचेत देखिएका छन् । यस्ता नीतिले मानिसलाई डिजिटल च्यानलबाट बैंकिङ गर्ने, बैंकिङ ह्याबीचुलाइजेसन गराउने बाटोतर्फ अग्रसर भएकै कारण एनआइसी एशियाका वित्तीय सूचकहरु बलिया देखिएका छन् । 

परम्परागत, आधुनिक तथा डिजिटाइज्ड बैंकिङको सोलुशनसहित बैंकिङ गरिरहेकै कारण यस बैंकको दोस्रो त्रैमासमा आश्चर्यजनक प्रगति हासिल गरेको छ ।

दोश्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा पनि सेयरमा प्रतिफलको हिसाबले एनआइसी एशिया बैंक सबैभन्दा अगाडि छ । यो अवधिमा बैंकको रिटर्न अन इक्वीटी(आरओई) २२.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा १०.७० प्रतिशत मात्र थियो । 

यो अवधिमा नवील बैंकको आरओई १९.२९ प्रतिशत मात्र छ । अघिल्लो वर्ष नवीलको २३.१२ प्रतिशत थियो । 

यसरी अरु बैंकको तुलनामा एनआइसी एशियाको इक्वीटीमा प्रतिफल उच्च बनेको छ भने प्रगतिको अनुपातमा पनि छलाङ मारेको छ । 

एनआइसी एशियाको उच्च लागत खर्चका कारण लगानीकर्ताले राम्रो प्रतिफल पाउँदैनन् कि भन्ने शंका गर्नेहरुलाई एनआइसी एशियाले दोश्रो त्रैमासमा फ्रि प्रफिटतर्फ हानेको १०२.०२ प्रतिशतको छलाङ राम्रै झापड सावित भएको हुनुपर्छ । वितरणयोग्य मुनाफालाई एकवर्षमै बढाएर १ अर्ब २६ करोड पुर्याउनु चानचुने सफलता होइन । 

बैंकले ५७ करोड २१ लाखमा सीमित खूद नाफालाई बढाएर १ अर्ब ५१ करोड पुर्याएको छ । यो पनि निकै राम्रो फड्को हो ।

संचालन मुनाफातर्फ बैंकको प्रगति त झनै लोभलाग्दो देखिन्छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ७८ करोड ४८ लाख रहेको यस्तो नाफा बढाएर बैंकले २ अर्ब १३ करोडको उचाई चुमाइदिएको छ । 

शाखा बिस्तारसँगै बैंकको व्यवसायमा समेत निकै राम्रो बिस्तार भएको उसको खूद ब्याज आम्दानीतर्फको बढोत्तरीले देखाउँछ । अघिल्लो वर्ष १ अर्ब ५५ करोडमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ३ अर्ब ६० करोड खूद ब्याज आम्दानी गर्ने सफलता पाएको छ ।

शाखा बिस्तारको प्रभावको रुपमा बैंकको निक्षेप संकलन दर ४६ प्रतिशत र कर्जा प्रवाह दर ४९ प्रतिशतले बढेको छ । बैंकिङ क्षेत्र लगानीयोग्य रकमको अभाव, न्यून सरकारी खर्च तथा अधिक प्रतिस्पर्धी वातावरण जस्ता चुनौतिका बाबजुद पनि बैंकको निक्षेप संकलन तथा कर्जा सापटीतर्फको वृद्धि निकै सन्तोषजनक छ । दोश्रो त्रैमासको अन्तमा बैंकको तरलता अनुपात २०.८१ प्रतिशत मात्र छ ।

बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । 

अघिल्लो वर्षसम्म २ अर्ब ६५ करोडमा सीमित रिजर्ब बढाएर ४ अर्ब ४१ करोडको उचाईमा पुर्याएको बैंकमा ०.३० प्रतिशतको अनुपातमा खराब कर्जा रहेको छ ।

बैंकको कस्ट अफ फण्ड घट्नु, बेस रेट सिंगल डिजिटमा रहनु बैंकका राम्रा पक्ष हुन् । 

नाफामा भएको चमत्कारिक प्रगतिका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानीमा बैंकले १४०.७७ प्रतिशतको फड्को हानेको छ । अर्थात, अघिल्लो वर्ष १४ रुपैयाँ २५ पैसा रहेको इपीएस बढेर यो वर्ष ३४ रुपैयाँ ३१ पैसा पुगेको छ । 

डिजिटल यात्रा
युग र समय अनुकुल हुन नसक्नेहरुको अस्तित्व समाप्ति अपरिहार्य छ । यो कुरा एनआइसी एशिया बैंकको उच्च व्यवस्थापन र संचालक समितिले बुझेको देखिन्छ । सायद यही कारण हुनुपर्छ यो बैंकले निकट भविष्यमै लाइफ स्टाइल बैंकिङ र नेक्स्ट जेनेरेसन बैंकिङको अवधारणमा आफ्नो फरक अभियानको प्रभावकारी सुरुवात गर्नेछ । 

आफूहरुले अरुभन्दा केही फरक बैंकिङ गरिरहेको र काम पनि फरक ढंगले नै गरिरहेको उल्लेख गर्दै एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्छन्–‘हामी अरुभन्दा फरक पनि गर्छौ र हामी हरेक काम फरक तरिकाले पनि गर्छौ, अनएक्स्प्लोर्ड सेगमेन्टलाई अन्बोर्ड गर्छौ । हामी Value innovation, Brand Innovation, Product Innovation, System Innovation र समग्र DNA Innovationको उच्चतम विन्दु हासिल गर्न चाहन्छौ ।’ 

बैंकको पहुँचविहीन बजारमा एनआइसी एशिया पुग्ने, बैंकिङ च्यानलमा आउन नसकेका सर्वसाधारणलाई त्यस्तो च्यानलमा समेट्ने र अहिलेसम्म नेपालको बैंकिङ क्षेत्रमा परीक्षण नै नभएको प्रडक्टलाई परीक्षणमा ल्याई नवीन प्रयोगसहित अगाडि बढ्ने आफूहरुको लक्ष्य रहेको उनले सुनाए । 

संसारका धेरै देशमा फिनटेक कम्पनीहरु बैंकहरुका लागि चुनौति बनेर देखा परिसकेका छन् । बैंक चाहिन्न, तर बैंकिङ चाहिन्छ भन्ने अवधारणा फैलिँदै गइरहेको बेला विश्वको विकासक्रमलाई नजरअन्दाज गर्न नसकिने र नेपालको बजारलाई समेत बेलैमा त्यो परिवर्तनप्रति तयार राख्नलाई आफूहरु नेक्स्ट जेनेरेसन बैंकिङ र लाईफ स्टाइल बैंकिङमा जान खोजेको उनले प्रष्ट पारे । 

‘नेपालमा पनि १०–२० वर्षपछि  त्यो अवस्था नआउला भन्न सकिन्न । त्यसका लागि इकोसिस्टम अहिलेदेखि नै तयार गर्नुपर्छ ।’ उनले भने–‘नेक्स्ट जेनेरेसन बैंकिङ र लाईफस्टाइल बैंकिङको पायोनियरिङको काम हामी गर्छौ भनेर लागेका छौ । अहिलेसम्म हामीले टोल–टोलमा बैंकिङ पुर्यायौं, अब हात–हातमा पुर्याउँछौ ।’ 

एनआइसी एशियाले आगामी दिनमा डिजिटल बैंकिङलाई नै प्राथमिकतामा राख्ने उनले प्रष्ट संकेत गरे । एनआइसी एशियाको कुल कारोबारमध्ये अहिले पनि ४० प्रतिशत बढी हिस्सा डिजिटल बैंकिङले कभर गरेको आश्चर्यलाग्दो तथ्यांक समेत उनले प्रस्तुत गरे र त्यसलाई निकट भविष्यमा ७५ प्रतिशत पुर्याउने लक्ष्य समेत सुनाए । ‘डिजिटल कारोबारमा नेपालका अस्तित्वमा रहेका बैंकको तुलनामा हामी निकै ठूलो मार्जिनले अगाडि छौ ।’ उनले भने–‘हामी डिजिटल बैंकिङलाई आगामी दिनमा अझ गुणस्तरीय र विश्वस्तरीय बनाउनेछौ । हाम्रो बैंकको कुनै पनि कामका लागि कुनै पनि ग्राहकले हाम्रो शाखामा जान नपरोस् । घरैबाट सबै काम गर्न सकोस् ।’

एउटा बैंकको शाखाबाट प्रवाह हुने सबै खालका वित्तीय सेवा डिजिटल च्यानलबाटै प्रवाह गर्नसक्ने पूर्वाधार एनआइसी एशियाले धमाधम बनाइरहेको न्यौपानेले खुलासा गरे । उनको भनाईमा लोन, एलसी, बैंक ग्यारेण्टी जस्ता सबै कुरा अब डिजिटाइज्ड गरिनेछ । 

एनआइसीले विदेशी कन्सलट्यान्ट नै हायर गरेर डिजिटल बैंकिङको जबरदस्त रणनीति बनाएको छ । डिजिटल बैंकिङले बैंक र ग्राहककै कम समय खपत गर्नेछ । 

हाल प्रयोगमा रहेको आर्टिफिसियल इन्टलीजेन्सको समेत एडप्शन गरी भर्चुअल दुनियाँमा बैंकिङ सेवालाई लिंक गर्ने बैंकको योजना रहेको छ । ‘अहिलेको हाम्रो प्राथमिकता भनेको Customer Loyalty Enhancement, Customer Value Enhancement र Customer Delight Enhancement नै हो।’ उनले थप प्रष्ट्याउँदै भने ।

हुन त अहिले पनि एनआइसी एशियाले शाखारहित बैंकिङ सेवा बिस्तार गरिरहेकै छ । यो भनेको पनि ट्याबबाटै हुने डिजिटल बैंकिङ नै हो । यस्तो सेवा मुगु, कालीकोटजस्ता दुर्गम क्षेत्रमा संचालित छन् । यदि दुर दराजका र दुर्गम क्षेत्रमा समेत डिजिटल प्रविधिबाट काम गर्न सकिन्छ भने नेक्स्ट जेनेरेसन बैंकिङको इकोसिस्टम बनाउन अब ढिला गर्नुहुन्न भन्ने निश्कर्षमा बैंक पुगेको देखिन्छ । 

आजको दिनमा समेत एनआइसी एशियाको मोवाइल बैंकिङमा ७ लाख ग्राहक समेटिएका छन् । यति ठूलो फिगर नेपालका कुनै पनि बैंकको छैन । डेबिट कार्ड इस्यूमा पनि यो बैंक अरुभन्दा अगाडि नै छ । 

डिजिटल बैंकिङको निकै राम्रो पूर्वाधार खडा गरेका कारण सीइओ न्यौपाने आफूहरुलाई नेक्स्ट जेनेरेसन बैकिङमा जान धेरै उत्साहित रहेको बताउँछन् । तर ‘हामी धेरै होहल्ला गर्न चाहन्नौ र यो ठीक पनि होइन भन्ने लाग्छ । हामी यो बजारमा लङ्गटर्मका लागि आएका छौ, हामी दीर्घकालिन रुपमा बैंकको सबै सरोकारवालाहरुको सर्वाङ्गिण हकहितको संरक्षण, सम्वद्र्धन, र प्रवद्र्धन गर्न चाहन्छौं ताकि सबै सरोकारावालाहरुले एनआइसी एशिया बैंकसँग आबद्ध भएर उच्चतम प्रतिफल प्राप्त गर्न सकुन् र देशको सर्वाङ्णि, आर्थिक एवं सामाजिक विकासको कोशेढुङ्गा, एवं संवाहक बन्न बैंक सफल होस् ।’–न्यौपानेले आफ्नो सपना सुनाउँदै भने–‘नेक्स्ट जेनेरेसन बैंकिङमा गइरहँदा नेपालको बैंकिङलाई अर्को युगमा प्रवेश गराउने परिवर्तनगामी संवाहक बन्न चाहन्छौं । यसको हामीबाट सुरुवात हुन्छ, त्यसपछि अरु बैंक पनि यो बाटोमा आउनैपर्छ, आउँछन् र यसबाट समग्र देश र सबै तह र तप्काका जनता नै लाभान्वित हुनेछन् ।’ 

ऋणपत्र बजारमा एनआइसीकै नेतृत्व
पछिल्लो समय नेपालमा समेत ऋणपत्र बिस्तार हुन थालेको छ । ऋणपत्रमार्फत सर्वसाधारणबाट पूँजी जुटाउन सजिलो हुने भएकोले समेत बैंकहरु यसतर्फ आकर्षित भएका छन् । अझ सरकारले नीतिगत रुपमै बैंकहरुलाई ऋणपत्रतर्फ जाने मार्ग प्रशस्त गरेपछि वाणिज्य बैंकहरु धमाधम ऋणपत्र निश्कासनतर्फ अगाडि बढेका छन् । 

कलिलो अवस्थामा रहेको नेपालको ऋणपत्र बजारमा एनआइसी एशियाले छोटो समयमै निकै बलियो उपस्थिति जनाइसकेको छ । अन्य बैंकले भर्खरै ऋणपत्र निश्कासन गरिरहँदा एनआइसी एशियाले ३ वटा ऋणपत्रको सफलतापूर्वक बिक्री गरिसकेको छ । अहिले चौथो ऋणपत्रको बिक्री जारी छ ।