काठमाण्डौ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब–कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ। सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो। 

सब–४ मिटर एसयूभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी ३०० को कडा प्रतिस्पर्धीका रुपमा उभिएको छ। 

कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको थियो। यसको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जीटीएक्स प्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ।  

सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो। सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन्। जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ। 

सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटीई, एचटीके, एचटीके प्लस, एचटीएक्स, एचटीएक्स प्लस समावेश छन्। उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ। एचटीई, एचटीके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटीके प्लस र एचटीएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेसगोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ। 

यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल/अरोरा ब्ल्याकपर्ल, बेस गोल्ड/अरोरा ब्ल्याकपर्ल र इन्टेन्स रेड/अरोरा ब्ल्याकपर्ल रंगमा छन्।

सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जीटीएक्स प्लस (जीटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन्। जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ। यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन्। भित्रीभागको हकमा विशेष किसिमका जीटी लाइनका सिटहरु हुनेछन्। जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ। 

सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ। यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायरलगायत विशेषता छन्। 

प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्टलगायत फिचरहरु छन्।