काठमाडौं । नेपालमै पहिलो पटक मानिस हिँडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ ।

गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले भक्तपुरमै पहिलो पटक यस्तो ब्लकको उत्पादन थाल्न लागेको हो । 

हाल पेटी तथा खुला कम्पाउण्डहरुमा प्रयोग भइराखेका ब्लकहरुले ब्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो ब्लकले आकाशे पानीलाई पूरै सतहबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्दछ । 

उत्पादन हुन लागेको यो ब्लकमा विशेष प्रविधि अपनाई आकाशे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइनेछ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ । 

काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिँदै गएको छ । काठमाडौं उपत्यकामा बढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । 

आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिङको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने ब्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् । 

गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत      (सीईओ) ईञ्जिनियर राजन दुवालले दुई महिनाभित्र उत्पादन थाल्ने योजना रहेको सुनाए । यसका लागि चीनबाट अत्याधुनिक मेशिन हिँडिसकेको पनि उनले जनाए । नेपालमा पानी सोस्ने ब्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको उनको दाब्ी छ । 

ईञ्जिनियर दुवालले भने, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययनपश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउँदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’  

ब्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिँड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । 

ब्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्टे«न्थ(बलियोपन) हुने कम्पनीले जनाएको छ । आफ्नो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट इकाईले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो ब्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने जनाइएको छ । 

ब्लक स्वदेशमै उपलब्ध बालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरक–फरक आकार र रंगहरुमा पाइने जनाइएको छ । 

ब्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ । यो छाप्न विशेष प्राविधिक चाहिँंदैन ।

प्रत्येक वर्ष कुनै एउटा नयाँं उत्पादन सुरु गर्ने योजना अनुसार यस वर्ष यस्तो ब्लक उत्पादन गर्न लागेको गोर्खा इको प्यानलका प्रमख कार्यकारी अधिकृत (सीईओ) ईञ्जिनियर कृष्णभक्त दुवालले जनाए । उनका अनुसार पहिलो पटक सन् २०१५ मा नेपालमै पहिलो पटक गोर्खा इको प्यानल सुरु भएको थियो । योजना अनुसार सन् २०१६ मा प्रिकाष्ट, सन् २०१७ मा विण्डोरको उत्पादन सुरु गरेको थियो । यस अनुसार सन् २०१८ मा ब्लकको उत्पादन सुरु गर्न लागेको कम्पनीले जनाएको छ।