– धर्म मलासी

काठमाण्डौ । नेपालमा पहिलोपटक ‘पार्टी बस नेपाल’ सेवा सञ्चालनमा ल्याइएको छ ।

रियल इकोनोमिक सस्टिनेबल सोइटी नेपाल प्रालिले नेपालमा यो सेवा भित्र्याएको हो । पार्टी बस नेपालको अवधारणा पहिलोपटक सन् २०१७ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो ।

यो सेवा सञ्चालन गर्न लागेको संस्थामा गैरआवासीय नेपाली, उद्यमी र पर्यटन उद्योगका अनुभवी व्यक्तिहरुको लगानी रहेको छ । यो सेवा पर्यटन प्रवद्र्धन तथा राजधानीलगायत देशका विभिन्न स्थानमा बाह्य तथा आन्तरिक पर्यटकका लागि मनोरञ्जनको सर्वोत्तम विकल्प हुने संस्थाको विश्वास छ ।

संस्थाले अहिले सेवाअन्तर्गत दुई किसिमका स्टार र डायमण्ड बस सञ्चालनमा ल्याउन लागेको छ । लिमोसन इटेरियर, व्यावसायिक हाई–फाई डिजे संगीत, पूर्ण रुपमा सुसज्जित बार र पेन्ट्री प्रणाली, छुट्टै धूमपान क्याबिन, नृत्य फ्लोरलगायत सुविधा रहेका छन् ।

अहिले संस्थाले विभिन्न चार किसिमका हप अन पार्टी राइड, एयरपोर्ट पिक अप र ड्रप, निजी कार्यक्रम र विशेष थिम पार्टी सेवा प्रदान गर्ने जनाएको छ। ग्राहकलाई लक्जरी र तनावमुक्त वातावरणको सिर्जनाका साथ उत्तम गुणस्तर सेवा सुनिश्चित गर्नु नै रहेकौ संस्थाले जनाएको छ ।