काठमाण्डौ । के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । 

अमेरिकाका नयाँ राट्रिपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ ।

ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ । अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जाकारी गरएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ ।

उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो । अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपाली लगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाउ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ ।

कतिपयले त कोठाको ढोकामा नै तिम्रो देश जाउ भनेर टाँसिएको समेत पाइएको ती नेपाली विद्यार्थीले बताए । यस्तो अवस्थाले गर्दा अमेरिकामा रहेका नेपाली अहिले आतंकित भइरहेका छन् । त्यहाँ रहेका एक नेपालीले दिएको जानकारीअनुसार अहिले अमेरिकामा जथाभावी छापा मारेर कागजात माग्ने काम समेत हुन थालेको छ ।

यस्तै संगठित अपराधमा संलग्न भएको दोषी ठहरिए जो कोहीलाई जेल हाल्नुका साथै देशनिकाला गर्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएको बताइएको छ । विगतमा कतिपय नेपाली मेक्सीको हुदै अमेरिका पुगेका थिए । उनीहरु सजिलैसँग लुकिछिपी काम गर्दै आएकोमा अब त्यस्तो नहुने भएको छ । त्यसै गरी विद्यार्थीको भिसामा गएर काम समेत गर्ने गरेकोमा अब कडाइ गरिने भएको त्याहाँ रहेका अर्का एक नेपालीले बताए ।

कलाकारदेखि राष्ट्रसेवक कर्मचारी देश छोडेर सपनाको शहर भन्दै अमेरिका हानिएका थिए । तर, आवश्यक कागजात भएकालाई समेत अहिले शंकाकै भरमा खानतलासी गर्न थालिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।