काठमाण्डौ । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए नेपाली बजारमा प्रस्तुत गरेको छ, जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने कम्पनीको विश्वास छ । ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रीको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टका लागि सम्पूर्ण आवश्यकता पूरा गर्नेछ । 

आकर्षक स्लीम डिजाइन, राउण्ड एज तथा  नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तोसुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको कारणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुनेछ । यो आफैमा एक पावर हाउस हो, यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । 

सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले “हामीले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं । ग्यालेक्सी ट्याव ए मासुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ” । 

यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ड हो जुन पूर्ण रुपमा सुरक्षित छ र किड्स मोडमा अभिभावक तथा बच्चाहरुका लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै यापलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै, एपमा बिताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । 

१.५ गिगाहर्जको क्वाड कोर प्रोसेसर, १.५ जिबिको र्याम तथा ८ जिबिको इन्टरनल मेमोरि( माइक्रो एसडि कार्डको प्रयोग गरी २०० जीबीसम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवं स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ । 

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु. १५९००मा उपलब्ध रहेको छ । यसका दुई आकर्षक रंगहरु ह्वाइट तथा ब्ल्याक छन् । ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा मिति यहि माघ २३ गते देखि उपलब्ध रहेको बताइएको छ ।