काठमाण्डौ । सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे टू फोरजी मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । यसबाट सामसङको फोरजी  स्मार्ट  समूहमा नयाँ मोबाइलको प्रवेश भएको छ । 

यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिन्छ । 

एचपीपी डिभिजनका प्रमुख प्रणयरत्न स्थापितले “ग्राहकहरुलाई नयाँ नयाँ प्रविधियुक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सी जे टूको फोरजी संस्करण, स्मार्ट फोनका प्रारम्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरिएको बताए ।

उत्कृष्ट डिस्प्ले
सामसङ ग्यालेक्सी जे टू फोरजीमा ४.७ इञ्चको क्वीएचडी स्क्रीन रहेको छ । जसले फोटो हेर्दा, भिडियो हेर्दा वा वेबसाइट चलाउँदाको अवस्थामा बेग्लै अनुभव प्रदान गर्दछ । सर्वोत्कृष्ट कन्स्ट्राटको रेसियोले अनि यसमा भएको ठूलो स्क्रिन जस्ता विशेषताहरुले गर्दा मोबाइल चलाउँदा जीवन्त अनुभव प्राप्त हुन्छ ।

परिस्कृत इमेजिङ्ग क्षमता
नयाँ सामसङ ग्यालेक्सी जे टूमा भएको क्यामराले विस्तृत एवं उच्च गुणस्तरको फोटो खिच्न सक्दछ । ५ मेगा पिक्सेलको रियर क्यामेरा, एलइडी फ्ल्यासले गर्दा जस्तोसुकै कम उज्यालोको अवस्थामा पनि सफा र स्पष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगापिक्सलको फ्रन्ट क्यामराले भिडियो कलिङ गर्दा वा सेल्फी खिच्दा बेग्लै अनुभव प्रदान गर्दछ । 

यो फोनमा भएको क्यामरामा सेल्फी खिच्न छुट्टै मोड पनि उपलब्ध रहेको छ । यस सुविधाको प्रयोग गरी क्यामराको स्वतः टाइमरको माध्यमबाट लेन्सलाई आफूतर्फ फर्काएर फोटो खिच्न सकिन्छ । 

उच्च कार्यक्षमता
सामसङ ग्यालेक्सी जेटूू फोरजीमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबि र्याम रहेको छ, जसबाट सहजै मल्टी टास्किङ्ग कार्यहरु गर्न सकिन्छ । 

आकर्षक डिजाइन
८.४ एमएमको, ग्यालेक्सी जे टू  फोरजी फोन आफैंमा आकर्षक देखिएको छ । यसको गोलाकार किनाराले गर्दा सहजै हातमा लिन सकिन्छ । यो फोन गोल्ड तथा ब्ल्याक कलरमा उपलब्ध छ । 

सामसङको नयाँ जे टू फोरजी फोन सम्पूर्ण स्थानहरुमा मात्र ने.रु. ११२९० मा प्राप्त गर्न सकिन्छ ।