काठमाण्डौ । कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिले नयाँ हेलिकोप्टर भित्र्याएको छ । 

कम्पनीले फ्रान्सको जहाज निर्माता कम्पनी एयर बसले निर्माण गरेको एएस ३५० बी थ्री ई सिरिजको हेलिकोप्टर भित्र्याएको हो । 

कैलाश हेलिकोप्टर सर्भिसेज प्रालि युवा व्यवसायीहरुको लगानीमा स्थापना भएको बायुुसेवा क्षेत्रको नयाँ कम्पनी हो । कम्पनीमा क्याप्टेन आशिष शेरचन अध्यक्ष रहेका छन् । कैलाश हेलिकोप्टरमा शेरचनसहित प्रतापजंग पाण्डे, सिएन पाण्डे, सुनिल श्रेष्ठ, ईश्वरी पौडेल, श्रीराम केसी, श्रीहरि कुुइाकेल र रमेशकुमार पण्डितको लगानी रहेको छ । यो समूहले पर्यटन, बैकिङ लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । 

लगानीकर्तामध्येका एक तथा कम्पनीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले ३० करोड लगानी रहेको कम्पनीले निकट भविष्यमै अर्को पनि हेलिकोप्टर भित्र्याउने जानकारी दिए । उनकाअनुसार हेलिकोप्टरमार्फत कम्पनीले चार्टर्ड फ्लाइट, उद्धार, एयर एम्बूलेन्स, माउन्टेन फ्लाइट लगायतको सेवा दिनेछ । उडान अनुमतिका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेकोले निकट भविष्यदेखि नै कम्पनीले व्यवसायिक उडान सुरु गर्नेछ ।