काठमाण्डौ । निकट भविष्यमै नेपाली कामदारहरु केयर गिभरको रुपमा जी टू जी लेभलबाट इजरायल जान पाउने भएका छन् । 

जी टू जी लेभल भनेको नेपाली कामदारहरु सरकारी तवरबाट त्यहाँ जान पाउने भएका हुन् । 

यो विषयमा नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ । सो सम्झौतामा नेपाली पक्षबाट हस्ताक्षर गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्यलाई दिने मन्त्रीपरिषदले निर्णय गरेको हो । 

सो सम्झौतामा हस्ताक्षर भएपछि सरकारी तवरबाट इजरायल जाने नेपाली केयर गिभरहरुले इजरायली नागरिक सोसरहको सुविधा र संरक्षण प्राप्त गर्ने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।