काठमाण्डौ । सरकारले नेपाल घुम्न आउने पर्यटकको भिसा शुल्क बढाउने तयारी गरिरहेको छ । 

अध्यागमन विभागका अनुसार नेपाल सरकारले यही जुलाई १७ तारिखदेखि लागू हुने गरी विदेशी पर्यटकको भिसा शुल्क बढाउने तयारी गरेको हो । सरकारले गत मेमै भिसा शुल्क बढाउने निर्णय लिएकोमा त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरेको हो। 

नेपाल सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकको भिसा शुल्क लगभग एक दशकदेखि बढाएको थिएन । अध्यानगमन विभागका अधिकारीहरुका अनुसार अहिलेलाई भिसा शुल्क सामान्य रुपमा बढाइनेछ । उनीहरुका अनुसार ‘भिजिट नेपाल २०२०’ अभियानपछि यसमा थप संशोधन गरिनेछ । 

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार भिसा शुल्क रिलिभेन्ट बनाउनका लागि विदेशी पर्यटकको भिसा शुल्कमा हेरफेर गर्न आवश्यक छ । ‘हाम्रो पर्यटन अभियान भिजिट नेपाल २०२० पूरा भएपछि भिसा शुल्कको संरचनामा फेरि काम गर्ने छौँ’, उनले भने। 

विभागले ५ देखि ३५ डलरको बीचमा भिसा शुल्क बढाउने तयारी गरिरहेको छ । जब कि १५ दिनका लागि पर्यटक भिसा (एकदेखि अधिक प्रवेश) का लागि ५ देखि ३० डलर, ३० दिनका लागि ४० देखि ५० डलर र ९० दिनका लागि ३५ देखि १२५ डलर पुर्याइनेछ । 

विभागले विदेशी पर्यटकका लागि भिसा थप शुल्क पनि बढाउने भएको छ । विभागका अनुसार भिसा थप शुल्क २ देखि ३ डलर प्रतिदिन बढाइनेछ ।