काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत हरिशरण पूडासैनीबीच शुक्रबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

कार्यक्रममा महावाणिज्यदूत पूडासैनीले आफूले चीनको ग्वाङजाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिकको माध्यमद्धारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रबद्र्धनमा जोड दिने बताए।

चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत पूडासैनीले आवश्यकताअनुसार ग्वाङजाउमा नेपाल वायुसेवा निगमको सेवा शुरु गर्नेमा जोड दिए। उनले आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने गर्नुभयो ।

चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा चेम्बर एक्स्पो २०२०, पर्यटन वर्ष २०२०, मा चीनको ग्वाङजाउबाट पर्यटक ल्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए। उनले विशेषगरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न सिसीपिआईटी सँगको सहकार्यमा कार्यक्रम बढाउनुपर्ने धारणा राखे । साथै चीनले आयोजना गरेको आयात प्रबद्र्धन मेलामा हस्तकला, कृषिजन्य वस्तुलगायत नेपाली निर्यातयोग्य वस्तुको प्रबद्र्धनमा जोड दिए।

भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारीक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, चीनको ग्वाङजाउका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न त्यहाका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्न पूडासैनीको भूमिका महत्वपूर्ण रहने बताए।

खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले चीनको चीनको ग्वाङजाउ गायत विभिन्न राज्यबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उनले बताए।