काठमाण्डौ । नेपाल र भारतको खाद्यप्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यतादिने सहमति गरेका छन् । 

हालै काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्यप्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमामा मान्यता पाउने सहमति गरेकाहुन् ।

भारतीय सरकारको “फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया”को हालैको निर्णय अनुसार नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरी” काठमाडौंले भारत सरकारको फुड सेफ्टी एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परिक्षण गरी मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भइरहेको वस्तुहरुमध्ये करिब २४ वस्तुहरु खाद्यपदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज, सरल र सुविधायुक्त प्रवेश पाउने कदमको आफूहरुले सकारात्मक रुपमा लिएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । 

यसबाट गैरभन्सार अवरोध लगायत प्रक्रियागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने आशा चेम्बरले व्यक्त गरेको छ । 

सो निर्णयअनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डी, इन्स्ट्याण्ड नुडल्स, बिस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्डहोल मिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथामासुजन्यपदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजाफलफूल र तरकारी छन् । 

जारी गरिएको परिपत्रमा नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज” काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टी स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने कुरातर्फ समेत उल्लेख गरेको छ । 

नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँचको लागि चेम्बरले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाली लेबोरेटोरीले गरेको परिक्षणलाई मान्यता दिने कार्य अत्यन्त समय सान्र्दभिक, उचित एंव स्वागतयोग्य कदमको रुपमा लिंदै यसबाट निकासी प्रोत्साहन हुने अपेक्षा चेम्बरको छ ।