काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आगामै चैतभित्र १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । 

गत २०७१ मंसिर ८ देखि संचालनमा आएको यो तीनजिल्ले माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका १ लाख ८० हजार कित्ता सेयर आइपीओ गर्ने भएको हो । 

त्यही प्रयोजनका लागि माइक्रोफाइनान्सले एनएमबी क्यापिटल मार्केट लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल यो माइक्रोफाइनान्स कम्पनीले सिन्धुुपाल्चोक, रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा सेवा दिइरहेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी बढेर ६ करोडको उचाईमा पुुग्नेछ ।