काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल २.६२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा चुक्तापुँजी ६ करोडको २.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयरको कर प्रयोजनार्थ ०.१२ प्रतिशतले हुन आउने नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।