काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेड पनि आइपीओ निश्कासनका लागि धितोपत्र बोर्ड पुगेको छ । 

यो कम्पनीले १ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ लाख ६१ हजार ७ सय ७८ कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गरेको हो । 
२०७३ सालबाट संचालन भएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ । 

हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ ।