काठमाण्डौ । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृद्धि गर्ने उद्देश्यले हालै ल्याएको ‘समृद्धिसँगै जोडौं नाता: सबै नेपालीको बैंक खाता’ नाराका साथ शुभारम्भ गरिएको खोलौं खाता अभियानलाई सफल गराउन विशेषः संस्थागत पहल अघि बढाएको छ । 

यो क्रममा नव वर्ष २०७६ को उपलक्षमा दिइएको सार्वजनिक विदाको दिन समेत ७० वटा शाखा खोली स्थानीय स्तरमा प्रचार प्रसार सहित नेपाल बैकद्वारा सर्वसाधारणलाई ‘समृद्ध नेपाल अभियान बचत खाता’ खोल्ने सेवा संचालन गरिएकोमा पहिलो दिन नै ७०० बढी ग्राहकले उक्त खाता खोलेर यस अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका बैंकले जनाएको छ ।

कुनै पनि बैकमा खाता नभएका नेपालीले आफनो परिचय खोलाउने कुनै पनि प्रमाणपत्रको आधारमा नेपाल बैकका कुनै पनि १६१ शाखाबाट खोल्न सकिने यस खाताका लागि आवश्यक रु. १०० बैक स्वयम्ले व्यहोर्ने छ, उक्त अभियानमा सहभागी बचत ग्राहकलाई ५.२५ प्रतिशतको आकर्षक व्याजदरसहित कुनै पनि शाखा सेवा(एविविएस), एटिएम, मोवाईल बैंकिङ, इन्टरनेट बैकिङ, कुनै पनि शाखाबाट चेक लिन सकिने लगायतका सुविधाहरु निःशुल्क नै उपलव्ध हुनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नव वर्षको उपलक्षमा राष्ट्रि«य सभामा आयोजित एक विशेषः समारोहका बीच ज्येष्ठ नागरिक वीमा र खोलौ बैक खाता नामक राष्ट्रिय अभियानको शुभारम्भ गरेकामा त्यस अभियानलाई सघाउन राष्ट्रियसभा गृह परिसरमा नेपाल बैंकको स्टल राखिएको थियो । 

सो स्टलको शुभारम्भका क्रममा नेपाल बैंक लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सरकारको सामाजिक सुरक्षा, वित्तिय समावेशिता वृद्धि र राष्ट्रिय पूँजी निर्माणका प्रयासलाई एकसाथ अघि बढाउने अभियानलाई सार्थक बनाउन स्थानीय निकायसँग समन्वय गरी वित्तिय साक्षरताको कार्यक्रमसहित आजसम्म बैंक खाता नखोलेका सर्वसाधारणको दैलो दैलोमा नेपाल बैक लिमिटेड पुग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

बैकको संस्थागत योजना विभागको संयोजनमा सम्पन्न उक्त स्टल शुभारम्भ कार्यक्रममा बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, मुख्य प्रवन्धकहरु, प्रेस संयोजक मुकुन्द अर्याल लगायतको उपस्थिति थियो ।