काठमाण्डौ । नेपाल एग्रोको आइपीओ दोश्रो बजारमा सूचिकृत भएको छ । योसँगै नेप्सेले यो कम्पनीलाई स्पेशल प्रि ओपनका लागि कारोबा रेञ्ज समेत तोकिदिएको छ। 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको ४ लाख ९७ हजार ७७८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

यो कम्पनीलाई नेप्सले दोश्रो बजार कारोबारका लागि NAGRO (एनएग्रो) सिम्बोल उपलब्ध गराएको छ । 

यो कम्पनीको स्पेशल प्रि ओपन सेसनका लागि कारोबार रेञ्ज १०३.४८ रुपैयाँदेखि ३१०.४४ रुपैयाँ तोकिएको छ । 

यो कम्पनीले बैशाख ८ गतेदेखि १२ गतेसम्म १ करोड ६१ लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गरेको थियो । सर्वसाधारण र संस्थापक समूह दुवै गरी कुल ४ लाख ९७हजार ७७८ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।