काठमाण्डौ । नेपाल बैंक लिमिटेडको दुई दिवशीय केन्द्रीय बजेट तर्जुमा गोष्ठी हालै काठमाडौमा सम्पन्न भयो । 

चालु आ.व. २०७५।०७६ को समीक्षा तथा आगामी आ.व. २०७६।०७७ को बजेट तर्जुमा  गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले ग्राहक सेवाको गुणस्तर अभिबृद्घि, नयाँ प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिबृद्घि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, केवाईसि कम्प्लायन्स, ंब्रान्चलेस तथा ईलेक्टोनिक बैकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन सहभागीहरुलाई निर्देशन दिएका थिए । 

सो अवसरमा बैकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेड विगतको असहज चौबाटोबाट पार भएतापनि प्रतिष्पर्धी वातावरणमा दिगो एवं गुणात्मक विकास निम्ति अझै लामो  र कठिन बाटो हिंड्नु पर्ने आवश्यकता रहेको बताउंदै जस्तोसुकै कठिन अवस्थामा पनि एथिकल बैकिङ अभ्यासबाट रतिभर विचलित नभई बैंक अघि बढ्ने प्रतिबद्धता प्रकट गरे । 

व्यवसायिक विस्तार, वित्तीय पहुंच तथा वित्तीय स्थायित्व, संस्थागत सुशासन, कार्यसंस्कृतिमा सुधार जस्ता विषयमा गम्भीर हुनुपर्ने आवश्यकतामा जोड दिंदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले बंैकका सबै सरोकारवालाको अपेक्षा पूरा गर्ने एकमात्र उपाय उत्पादकत्व अभिबृद्घि रहेको वस्तुसत्यलाई हृदयंगम गरी यस बंैकलाई उत्कृष्ठ बैंक बनाउने सोंच र सपनालाई सामूहिक रुपमा अंगिकार गर्दै त्यस दिशामा समन्वयात्मक ढंगले अघि बढ्न सहभागीलाई विशेषः आग्रह गरे । 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले बैंकले बचत एवं निक्षेप संकलनलाई विशेष महत्व दिई सोही अनुरुप कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । 

गोष्ठीमा सबै विभागीय प्रमुखहरु, ७ वटै प्रादेशिक कार्यालयका प्रमुख र डिभिजन प्रमुखहरुले सम्वन्धित विभाग तथा प्रदेशको आगामी वर्षको कार्यक्रम तथा बजेट अनुमानबारे प्रस्तुती दिएका थिए । 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु लगायत उच्च पदस्थ अधिकृतहरुको सहभागिता थियो । 

संस्थागत योजना तथा अनुसन्धान विभागको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा आयोजक विभागका मुख्य प्रबन्धक लेखनाथ भुसालले स्वागत मन्तव्य दिएका थिए भने वरिष्ठ प्रवन्धक शिखरनाथ खनाल र सहायक प्रवन्धक संगम न्यौपानेले गोष्ठीको सहजिकरण गरेका थिए ।