काठमाण्डौ । दोस्रो बजारमा कारोबार सुरु भएको आधा घन्टा नबित्दै नेपाल एग्रो लघुवित्त वित्तीय संस्थान लिमिटेडको सेयरमूल्य बुधबार पोजिटिभ सर्किट लागेको छ । 


नेपाल एग्रोको सेयर मूल्यमा एकाएक बढोत्तरी भएपछि पोजिटिभ सर्किट लागेको हो । कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि पोजिटिभ सर्किट लागेको हो । सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले बढेर बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६४ रुपैयाँ पुगेको छ । 


निकट भविष्यमा यो कम्पनी बजारमा रहेको अन्य कुनै राम्रो लघुवित्त कम्पनीसँग मर्जरमा जाने अनुमान हुन थालेपछि एकाएक यसको सेयरमूल्यमा उछाल आएको सेयर लगानीकर्ताहरु बताउँछन् । 


यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको ६ हजार ९६३ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ भने कुनै आदेश पोस्ट भएको छैन । यसले कम्पनीको सेयर बिक्री गर्न चाहने लगानीकर्ताको चाप बढेको देखाए पनि खरिदतर्फ लगानीकर्ताले चासो नदेखाएको प्रस्ट हुन्छ ।