काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो शनिबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख गरिएबमोजिम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रु ७४ लाख ६६ हजार ६७० आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न लागेको हो ।

संस्थाले नगद लाभांश वितरण गरेबापत लाग्ने कर प्रयोजनका लागि रु ३ लाख ९३ हजार २४५ स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्ने र नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी गराउने निर्णय पनि गरेको छ ।